१२ मंसिर २०८१, बुधबार
भाले बाँदरलाई बन्ध्याकरण,पोथीलाई सँगिनी सुई

  • टाइम्स संवाददाता

  • ३२ जेष्ठ २०८०, बिहीबार १७:१४

सिन्धुपाल्चोक: सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले बाँदर नियन्त्रण कार्यक्रम प्रभावकारी बनाउने भएको छ । बुधवार नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रममा बाँदर आतङ्क सम्बन्धी ब्यापक गुनासो सुनिएपछि नगरपालिका प्रमुख बालकृष्ण बस्नेतले बाँदर नियन्त्रणलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको हो ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख बस्नेतले भन्नुभयो,’बाँदर सम्बन्धी गुनासो धेरै आएको छ । यसलाई नगरपालिकाले गम्भीर हिसाबले लिएको छ ।’ उहाँले भाले बाँदरलाई बन्ध्याकरण र पोथी बाँदरलाई सँगिनी सुई लगाउनुपर्ने बताउनुभयो । ‘भाले बाँदरलाई बन्ध्याकरण र पोथी बाँदरलाई सँगिनी सुई लगाउन नगरपालिका लाग्ने छ । म स्वास्थ्य शाखाका प्रमुखलाई निर्देशन दिन चाहन्छु,’उहाँले भन्नुभयो ।  सुझाब पेटिका,समुदायस्तरमा गरिएको सुझाव संकलन र सार्वजनिक सुनुवाइमा सर्वसाधारणबाट व्यापक गुनासो आएपछि नगरपालिकाले सो नीति अवलम्बन गर्न लागेको हो ।

Nabintech