१० मंसिर २०८१, सोमबार
नेपाल पत्रकार महासंघ बाँके ब्यापारीहरुको कब्जामा

बिभेदकारी र बिबादास्पद निर्णयले पत्रकार महासंघ बाँकेको कद घटेको जिकिर


  • टाइम्स संवाददाता

  • १२ असार २०८०, मंगलवार १८:३६

नेपालगञ्ज: नेपाल पत्रकार महासंघ बाँकेलाई ब्यापारीहरुको कब्जामा परेको आरोप लगाईएको छ । आज मंगलवार” बिभेदकारी, स्वइच्छाचारी शुद्धिकरण फिर्ता ले, सदस्यता शुद्धिकरण मापदण्ड पुर्ण रुपमा कार्यान्वयन गर” जस्ता नारा लिएर शुद्धिकरणको बिरोध जनाउदै आयोजित आधा घण्टे ताला बन्दि तथा पावर चस्मा प्रर्दशन गर्दै पत्रकार अगुवाहरुले यस्तो आरोप लगाएका हुन । उनीहरुले पत्रकार महासंघ केन्द्रले पत्रकार शुद्धिकरणका नाममा जारी गरेको १५ बुंदेको मर्म बिपरीत बाँकेमा शुद्धिकरणका नाममा मनलाग्दी गरेको भन्दै भन्दै पदाधिकारी समेत ब्यापार ब्यबसायमा लागेकोले शुद्धिकरण अभियान पदाधिकारी माथि नै गर्नुपर्ने जिकीर गरे ।

कोहि कलर हाउस चलाउछन, कोहि स्टेशनरी चलाउछन त कोहि तरकारी बेच्छन भन्दै पत्रकार अजय गुप्ताले आफु बिरामी परेको बेला निस्क्रिय भन्दै नविकरणबाट बिमुख गराएको घटनाले आफु मर्माहित भएको उल्लेख गरे । उनले महासंघका कुनैपनि ब्यक्ति संग वान टु वान बार्ता गर्न समेत तयार रहेको भन्दै दलाल, हप्ता असुलि गर्नेहरुको नाम समेत सार्वजनिक गर्ने चेतावनी दिए ।

पत्रकारको कार्ड भिरेर ब्यापारीसंग रकम असुल गर्ने, ठेक्का पट्टा चलाउने, नापि, मालपोत र सरकारी कार्यालयमा गएर धाक धम्कि दिंदै रकम असुल गर्नेहरु नै आफुलाई ठुलो पत्रकार भनाउनेहरुको पर्दाफास गर्ने बेला आएको भन्दै पत्रकार गुप्ताले शुद्धिकरणका नाममा गलत ब्यक्तिको पक्षपोषण गरको र बास्तबिक पत्रकारहरुलाई पाखा लगाउने कार्य भएको चर्चा गरे ।

नेपाल आदिवासि जनजाती पत्रकार संघ लुम्बिनी प्रदेश सह सचिव प्रज्वल श्रेष्ठले उस्तै प्रकृतीका केस भएका कसैको सदस्यता कायम रहने र कसैको नरहने जस्ता बिभेदकारी र बिबादास्पद निर्णयले पत्रकार महासंघ बाँकेको कद घटाएको भन्दै राजनैतिक भागबण्डाले अधिकांस पत्रकारहरु प्रताडित रहेको जिकिर गरे । उनले आफना घरका भाई बुहरीलाई सदस्यता दिएको , कहिल्यै समाचार नलेख्नेलाई नविकरण गर्न सिफारीस गरेको भन्दै राजनैतिक भागबण्डा गरि बास्तसवक पत्रकारहरुलाई गुम्ह्रामा पार्नेकाम भएको जिकिर गरे ।

बिरोध कार्यक्रममा नेपाल आदिवासि जनजाती पत्रकार संघ बाँके अध्यक्ष भगतराम थारु, अबध पत्रकार संघका प्रल्हाद बिश्वकर्मा लगाएत पत्रकारहरुले आ आफनो भनाई राखेका थिए । बिना अध्ययन , बिना तयारी हचुवाको भरमा नयां सदस्यता बितरण र पुराना सदस्यता नविकरण गर्न गरिएको सिफारीसका बिरुद्ध आँखा नहेरी गरिएको काम भन्दै पत्रकार महासंघ बाँकेका पदाधिकारीहरुलाई दिन पावरवाला चस्मा समेत प्रर्दशन गरिएको थियो भने आधा घण्टा महासंघको मुल गेटमा तालाबन्दि गरिएको थियो ।

Nabintech