१० मंसिर २०८१, सोमबार
कोहलपुरमा १६२ जना क्षयरोगी बिरामी

डट्स सेन्टरबाट बिरामीलाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि खुवाइन्छ


  • टाइम्स संवाददाता

  • १३ असार २०८०, बुधबार १४:०५

कोहलपुर: कोहलपुर नगरपालिकाले क्षयरोग मुक्त पालिका घोषणा अभियान अन्तर्गत पालिका स्तरीय वार्षिक क्षयरोग कोहर्ट विश्लेषण तथा समिक्षा कार्यक्रम गरेको छ । कोहर्ट विश्लेषण तथा समिक्षा कार्यक्रममा डट्स सेन्टर लागु भएका स्वास्थ्य संस्थाहरुले सेवा प्रबाह बारे रिपोर्टिङ गरेका थिए ।

कोहलपुरमा ४ ठाउँमा डट्स सेन्टर लागु गरिएको छ । कोहलपुर नगर अस्पताल, नगर स्वास्थ्य प्रवर्द्धन केन्द्र, आधारभूत स्वास्थ्य केन्द्र रझेना र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा डट्स सेन्टर छन् । ती सेन्टरबाट रोगीहरुले उपचार सेवा पाउंदै आएका छन् ।

डट्स सेन्टरबाट बिरामीलाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि खुवाइन्छडट्स सेन्टरबाट बिरामीलाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि खुवाइन्छ

Nabintech