११ मंसिर २०८१, मंगलवार
बाँकेको मदन चोकमा रोपाईको रौनक फोटो फिचर

सामुहिक खेतीको अबधारणमा खेती गर्न सके नेपाल अन्न उत्पादनमा आत्मनिर्भर हुन सक्ने


  • प्रमोद रिजाल

  • १५ असार २०८०, शुक्रबार १२:४०

कोहलपुर,बाँके:आज असार १५ बिसौंं धान दिवससंगै दहि चिउरा खाने दिन पनि यसैलाई अबसर पारेर बाँकेको कोहलपुर ३ स्थित मदनचोकमा रोपाईका बिभिन्न रौनकहरु देखिए । यस वर्ष जलवायु अनुकुलित कृषकमैत्री प्रविधि धान उत्पादनमा वृद्धि भन्ने नाराका साथ धान दिवस मनाउने क्रममा अखिल नेपाल किसान महासंघ कोहलपुर नगर कमिटीको आयोजनामा मदनचोक स्थित मोहम्मद सफि गुजरको सफल कृषि फममा धान रोपाई कार्यक्रम गरिएको हो । साढे ३ बिगाह क्षेत्रफलमा फैलिएको सफल कृषि फममा सहभागिहरुले ब्याड आफै गोडर तयार खेतमा धान रोपेका थिए ।

   

आकासे पानीको अभावमा पुरै खेत नरोपिएपनि पम्पसेटको पानी प्रयोग गरेर २ कठ्ठा जमिनमा धान रोपिएको सफल कृषि फमका सञ्चालक मोहम्मद सफि गुजरले कोहलपुर टाईम्सलाई बताए । बाँकी खेतमा पानी परेपछि रोपिने गुजरको भनाई रहेको छ ।

धान रोपाई कार्यक्रममा सामुहिक खेतीको अबधारणमा खेती गर्न सके नेपाल अन्न उत्पादनमा आत्मनिर्भर हुन सक्ने औंल्याईएको थियो । किसानहरुलाई बेलैमा बिना झन्झट मल बिउ वितरण गरेको खण्डमा कृषि क्षेत्रले फडको मार्ने भन्दै उक्त दिवसमा सहभागिहरुले स्थानिय सरकारले नै किसानहरुले उत्पादन गरेका कृषि जन्य पदार्थको बजारिकरणमा सहजिकरण गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा अखिल नेपाल किसान महासंघका केन्द्रिय सचिव एबं लुम्बिनी प्रदेशका पुर्व भुमि ब्यबस्था तथा सहकारी मन्त्रि आरति पौडेल, प्रदेश माननिय बसन्ति अधिकारी, कोहलपुर नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष माधव रिजाल, किसान महासंघका सदस्य अन्जना धिताल, मोति प्रसाद भुसाल, प्रदेश सचिव चेतन मल्ल, सदस्यहरु सुमन पौडेल, हरि जैसि लगाएतको सहभागिता रहेको थियो भने सहभागिहरुले सफल डेरीबाट उत्पादित दहि च्युरा खाएर असार १५ मनाएका थिए ।

हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ। शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ। यस्ता शुभकाममा निस्कनुअघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ। निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रही आएको छ।

यसैगरि कोहलपुर नगर कृषिको आयोजनामा कोहलपुर १५ स्थित प्रसेनीपुरमा धान रोपाई कार्यक्रम सम्पन्न गरिएको छ भने नगर भित्रका गोरखा युनाईटेड, तक्षशिला, ग्रिन पिस लगाएत बिद्यालयहरुले बिद्यालयको प्रांगणमा बिद्यार्थीहरुलाई प्रयोगात्मक रुपमा धान रोपाएर धान दिवस, असार १५ मनाएका छन ।

Nabintech