११ मंसिर २०८१, मंगलवार
२८ घण्टापछि खुलेको नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोले पुन: अवरुद्ध (अपडेट)

पहिरो खसेपछि यात्रु अलपत्र


  • टाइम्स संवाददाता

  • १६ असार २०८०, शनिबार ०८:४७

चितवन : नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका–५ तीन किलोमा शनिबार बिहान पहिरो खसेको हो।

यही स्थानमा बिहीबार मध्याह्न अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजे मात्र सञ्चालनमा ल्याइएको थियो। पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको सडकमा पुनः पहिरो खसी सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ।

२८ घण्टा लगाएर पहिरो पन्छाएसँगै रोकिएर राखिएका सवारी साधन गन्तव्यतर्फ पठाउने काम भइरहेको वेला पुनः पहिरो खसेपछि यात्रु अलपत्र परेका छन्।

अपडेट

पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ। इच्छाकामना गाउँपालिका–५ तीन किलोमा शनिबार बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । पहिरो हटाइएसँगै बीचमै रोकिएका साधान गन्तव्यतर्फ लागेका छन् । यसै स्थानमा बिहीबार दिउँसो १ बजे पहिरो खसेर अवरुद्ध भएको सडक २८ घण्टापछि हिजो साँझ ५ बजे सञ्चालनमा ल्याइएको थियो।

सवारीको चाप अत्यधिक हुने यस सडकमा दैनिक १० हजारभन्दा बढी गाडी आवतजावत गर्छन्। सडक फराकिलो गरिएका कारण बर्खामा निरन्तरजसो पहिरो खसेर सडकखण्ड अवरुद्ध हुने गरेको छ।

Nabintech