नरैनापुर:बाँकेको नरैनापुरका भूमिहिन घर परिवारलाई जग्गा धनी प्रमाण पुर्जा वितरण गरिएको छ । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जीता श्रेष्ठ चौधरी, बाँके क्षेत्र नं. १ का संघिय सांसद सुर्य प्रसाद ढकाल र बाँके क्षेत्र नं. १ ख का प्रदेश सांसद कृष्ण के.सि. नमुना रगाउपालिका अध्यक्ष ईस्तियाक अहमद साह ले बाँकेको नरैनापुर गाउँपालिकाको गाउब्लकमा रहेका भू्मिहीनहरूलाई जग्गा धनी प्रमाण पुर्जा वितरण गरेका हुन् ।
नरैनापुर गाउँपालिकाको वडा नं ४ मा गाउब्लकमा रहेका ७७ घर परिवारलाई शुक्रबार जग्गाधनी प्रमाण पुुर्जा वितरण गरिएको नापी कार्यालय बाँकेका नापी अधिकृत मिरा न्यौपानेले जानकारी दिईन् ।
जग्गा धनी प्रमाण पुर्जा वितरण गर्नुहुँदै मन्त्री रन्जीताले नरैनापुरमा रहेका गाउँब्लकका थप ४ सय नागरिकहरुलाई केही महिना भित्रै जग्गा वितरण गरिसक्ने बताईन् ।
मन्त्री चौधरीले नापी भइसकेका गाउब्लकको जग्गा धनी प्रमाण पुर्जा वितरण अभियान शुरु गरिएको र यस अभियानमा भूूमि भएर पनि भूूमिविहीन बनीरहेकाहरू कोही पनि छुुट्न नहुनेमा जोड दिदै नापी हुन बाँकी गाउँब्लकको नापी गर्नका लागि पनि प्रक्रिया अगाडि बढिसकेको जानकारी गराईन् ।
उनले नरैनापुरमा नापी र मालपोत कार्यालय राख्ने निर्णय भई सकेको बताउदै साउन महिना भित्रै कार्यालय संचालनमा आउने भन्दै नरैनापुरमा इलाका प्रशासन कार्यालय अविलम्ब संचालनका लागि मन्त्री परिषदको बैठकमा प्रस्तावको रुपमा पेश गर्ने प्रतिबद्धता व्यक्र गरिन् ।
उनले भूूमिहीन दलित, सुकुुम्बासी र अव्यवस्थीत बसोवासीको समस्या समाधान गर्ने गरी काम भई रहेको बताउदै मुक्त हलीया, कमलरी, कमैयाहरुको समस्या समाधान गर्नका लागि आफू लागि परेको बताईन् ।
‘अब कोही पनि नेपाली नागरिक भूमि अधिकारबाट वञ्चित हुनुपर्दैन । म आफ्नो कार्यकालभित्रै भूमिहीनहरूको समस्या समाधान गर्नेगरी काम गरिरहेको छु ।’–उनले भनिन् ।
कार्यक्रममा नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले नरैनापुरमा मन्त्री रन्जीतालाई माला लगाएर स्वागत गर्दै नरैनापुरमा इलाका प्रशासन, नापी, मालपोत र भन्सार कार्यालय संचालनका लागि पहल गरी दिन आग्रह गरेका थिए । उनले नरैनापुरको विकासका लागि समेत ध्यान दिन मन्त्रीको ध्यानाकर्षण गराएक थिए ।
पुर्जा वितरण कार्यक्रममा बाँके क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य सूर्य ढकाल, प्रदेश सभा सदस्य कृष्ण केसी नमूना, नरैनापुर गाउँपालिकाका वडाध्यक्षहरु मन्त्रालयका प्रतिनिधि, नापी कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको थियो भने मन्त्रालयका महानिर्देशक जनक राज जोशीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको स्थानीय सोहनलाल यादवले जानकारी दिए । साथै संघिय माननिय सुर्य ढकालले नरैनापुरमा सञ्चालित विकासे परियोजनाको समेत अबवलोकन गरेका थिए ।