कोहलपुर,बाँके: बाँकेको कोहलपुर क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिहरुले कोहलपुरमा रहेको बागेश्वरी बहुमुखि क्याम्पसको समग्र विकासका निम्ति आफुहरु प्रतिबद्ध रहेको बताएका छन । शनिबार आज मध्यपश्चिम विश्वबिद्यालयको आंगिक क्याम्पसको रुपमा रहेको बागेश्वरी बहुमुखि क्याम्पस कोहलपुरले आयोजना गरेको क्याम्पसको संबृद्धिमा जनप्रतिनिधि तथा सरोकारवाला पक्षको भुमिका बिषयक अनतरक्रिया कार्यक्रममा निर्वाचित जनप्रतिनिधिहरुले यस्तो प्रतिबद्धता ब्यक्त गरेका हुन ।
कार्यक्रममा बोल्दै बाँके क्षेत्र नं.१ का संघिय माननिय सांसद सुर्य प्रसाद ढकालले एक्लैले मात्र विकास गर्न संभव नभएको अनुभुतिले गर्दा यस क्षेत्रबाट निर्वाचित प्रदेश तथा स्थानिय जनप्रतिनिधिहरुसंगको सहकार्यमा बिभिन्न योजनामा बजेट पार्न सफल भएको जिकिर गर्दै क्याम्पसको स्तर उन्नती र श्रीबृद्धिका निम्ति आफनो कार्यकाल भरीमा क्याम्पस हाता भित्र देखिने गरि विकासको काम गर्ने प्रतिबद्धता ब्यक्त गरे । क्याम्पसका माग र मुद्धाहरु सम्बोधन गर्नेगरि प्रभावकारी भुमिका आफनो रहने भन्दै सांसद ढकालले क्याम्पसलाई बैज्ञानिक र समय सुहाउदो शिक्षण हुनेगरि विकसित गरिदै लैजानुपर्ने आफनो योजना समेत रहेको चर्चा गरे ।
लुम्बिनी प्रदेश सांसद माननिय सञ्जु चौधरीले आफु हिज बजेट बनाउने र बाँडफाँट गर्ने निकायमा रहेर काम गरेको भएपनि अहिले माग्नुपर्ने ठाउमा रहेको भन्दै आफनै प्रदेश सरकार भएका कारण पनि बजेट बाँडफाँट भई सकेको परिप्रेक्षमा डल्लो बजेटबाट क्याम्पसको हितका निम्ति बजेट ल्याउन पहल गर्ने प्रतिबद्धता ब्यक्त गरिन ।
अर्का लुम्बिनी प्रदेश माननिय सांसद बसन्ति अधिकारीले सरकार र प्रतिपक्षको तालमेल नमिल्दा बागेश्वरी क्याम्पसको विकासका निम्ति रातो कितावमा बजेट पार्न नसकेको स्विकार्दै संसद विकास कोषमा समेत प्रदेश सरकारले बिभेदकारी निति लिएकै कारण समानुपातिक सांसदलाई ७५ लाख मात्र उपलब्ध गराएको हुंदा छरेर बजेट हाल्न सक्ने स्थिती नरहेको प्रष्ट पारीन । उनले आफनो ७५ लाख खर्च भईसकेको अबस्था रहेकाले क्याम्पसका निम्ति यस क्षेत्रका सांसदहरु पार्टि भन्दा माथि उठेर सहकार्यका साथ मन्त्रालयहरुमा फाईल पेश गर्ने प्रतिबद्धता ब्यक्त गरिन ।
नेपाली कांग्रेसका कोहलपुर नगर सभापति एबं कोहलपुर नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष वीरेन्द्र शाहले केहि समय अघि नगरमा बिभिन्न शैक्षिक संघ संस्थाहरु तथा शिक्षा क्षेत्रका अभियान्ताहरुको बैठकमा समेत बागेश्वरी क्याम्पसमा बिज्ञान प्रयोगशाला बनाउने कुरा सर्बसम्मत उठेको चर्चा गर्दै स्थानिय सरकार चलाउने पार्टिका सभापतिका हैसियतले बजेट प्रवाहमा कमि हुन नदिने प्रतिबद्धता ब्यक्त गरे ।
नेकपा एमाले नगर कमिटी अध्यक्ष नम प्रसाद शर्माले बागेश्वरी क्याम्पसबाट प्राध्यापकहरु समेत डर्प आउट हुने रेसियो बृद्धि हुदै गएको प्रति चिन्ता ब्यक्त गर्दै यस्लाई रोक्ने जिम्मेवारी समेत जनप्रतिनिधि र सरोकारवाला सबैको काँधमा आएको बताए । उनले समाज रुपान्तरणको पहिलो जग शिक्षा क्षेत्र नै भएको भन्दै चेतनाको स्तर बृद्धि गर्ने थलोलाई अत्याधुनिक बनाउन पार्टिगत रुपले आफनो भुमिका निर्वाद रहने बचनबद्धता ब्यक्त गरे ।
स्ववियु अध्यक्ष देबेन्द्र बहादुर बुढाले क्याम्पसको स्तर उन्नतीमा स्ववियुको सहकार्य रहने भन्दै बागेश्वरी बहुमुखि क्याम्पसलाई मध्यपश्चिम बिश्वबिद्यालयले उपेक्षा गरेकाले सरोकारवालाहको ध्यानाकर्षण गराए । प्राध्यापकहरुको समेत बृत्ति विकासमा समस्या रहेको औंल्याउदै स्ववियु अध्यक्ष बुढाले शिक्षा क्षेत्रलाई जनप्रतिनिधिहरुले पहिलो प्राथामिकतामा राख्नुपर्ने धारणा ब्यक्त गरे ।
स्ववियु संस्थापक सभापति अब्दुल हुसेन खानले बागेश्वरी क्याम्पस बाँकेमा दास्रो क्याम्पसको रुपमा स्थापित भईसकेको चर्चा गर्दै क्याम्पसको भौतिक विकास गर्दा भविस्यको समेत ख्याल गरेर जग्गा बृद्धि गरिनुपर्ने , पुरातन शैलिले भवन नभएर प्रबिधिमैत्रि भवन निर्माण गरिनुपर्ने बताए ।
बजार र समय सुहाउदो बिषय बस्तु थपेर पठनपाठन गराउने अबस्था आएको भन्दै पुर्ब सभापति खाँनले बागेश्वरी क्याम्पसलाई मध्यपश्चिम विश्वबिद्यालयको कुनै एक बिषयको केन्द्रिय क्याम्पसका रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रम माथि प्रकास पार्दै कार्यक्रमका सभापति एबं क्याम्पस प्रमुख दान बहादुर हमालले बागेश्वरी क्याम्पसले कोहलपुर क्षेत्रमा शैक्षिक नेतृत्व लिईरहेको परिप्रेक्षमा यस क्याम्पसको भौतीक तथा शैक्षिक विकासमा जनप्रतिनिधिहरुको सहयोग र सल्लाह टडकारो भएको टिप्पणी गरे ।
शिक्षा, ब्यबस्थापन र मानविकी संकायमा मात्र अध्यन भईरहेको यस क्याम्पसमा अब साईन्स बिषयको समेत माग आएको भन्दै क्याम्पस प्रमुख हमालले सान्स र टेक्नोलोजि बिषयहरु जोडन सके कोहलपुरको शैक्षिक विकासको खाका सम्म जोडन मद्धत मिल्ने बताए ।
मध्यपश्चिम विश्वबिद्यालयले साईन्स ल्याव सहितको प्रयोगशाला भए मात्र साईन्स बिषय सञ्चालन गर्न दिने भएकाले पनि बागेश्वरी क्याम्पसलाई बजेटको आबश्यकता रहेको बताए ।
क्याम्पसलाई पुर्वाधार सहितको ई लाईब्रेरी आबश्यकता रहेको भएपनि बजेट अभावले सञ्चालन गर्न नसकिएको भन्दै स्थानिय सरकार , प्रदेश सरकार र संघिय सरकारले बजेटको ब्यबस्था गर्नुपर्ने कुरामा जोड दिए ।
प्राध्यापक राज कुमार चन्दको स्वागत मन्तब्यबाट प्रारम्भ कार्यक्रमको सञ्चालन खोपिराम ओलिले गरेका थिए भने कार्यक्रममा स्ववियु पदाधिकारी , बिभिन्न बिद्यार्थी संगठनका प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि , प्राध्यापक,बुद्धिजिवि, बिद्यार्थी लगाएतको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा उपस्थित माननियहरुलाई स्ववियु एबं क्याम्सका तर्फबाट ज्ञापन पत्र समेत पेश गरिएको थियो ।