चितवन: नेपालीहरुले आफुले जन्माएको छोरालाई बुढेसकालको सहारा मान्ने गर्छन तर चितवनको भरतपुरमा आफनो सहोदर बाबालाई छोराले कुटपिट गरि मारेका छन । भरतपुर –२ क्षेत्रपुरमा छोराको कुटाइबाट बुबाको मृत्यु भएको हो । ।आफ्नै छोरा टेक बहादुर परियारको कुटपिटबाट बुबा अन्दाजी ७० बर्षका दिलबहादुर परियारको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
घरायसी विवादमा छोरा टेक बहादुरको कुटपिटबाट गम्भीर घाइते भएका बुबा दिलबहादुर परियारकोे उपचारको क्रममा शुक्रबार भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रभक्ता बिजयराज पण्डितले जानकारी दिए । घटना के कारणले भएको खुलेको छैन ।टेक बहादुरलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान सु्रु गरेको छ ।
बुढेसकालको सहारा भनेको छोराले नै आफनो सहोदर पितालाई मार्दिएपछि गाउघरमा छोराले बुढेसकालमा पाल्छ भनेर सोच्नु बेकार भएको स्थानिय बढापाकाहरुले बताउन थालेका छन । क्षेत्रपुर क्षेत्रमा यतिबेला स्थानियहरुको सोचमा समेत परिवर्तन आउने गरि भएको यो घटनाले आफन्तको भरोसा गर्नु बेकार भएको बताउदै आएका छन ।