बाँके: कोहलपुर नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। कोहलपुर नगरपालिकाको आयोजनामा र कोहलपुर जेसिजको सहजीकरणमा आइतबार एक औपचारिक कार्यक्रमका बिच सम्पन्न भएको हो। जनताको सवालको जवाफ दिने कार्यक्रम सार्वजनिक सुनुवाइ कार्यक्रममा जवाफदेहिताको तर्फ कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण आचार्य, उपप्रमुख संगिता सुवेदी र प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालको विषेश उपस्तिथि रहेको थियो ।
सुनुवाइ कार्यक्रममा नगरपालिकाले प्रदान गर्ने सेवा र सुबिधाको प्रभावकारीता विषयमा सेवाग्राही समाजसेवी गिता शाहिले ” महिला दिदिबहिनीको लागी उद्यमशील बन्नको लागी सिपमुलुक कार्यक्रम गर्नुपर्ने ? विद्यार्थीहरुको लागी आकाशे पुलको निर्माण कहिले गर्ने ? खेलाडीहरुको लागी थप प्रोत्साहन दिनुपर्ने ? लगाएतको विषयमा प्रश्न व्यक्त गरेकि थिइन् । त्यस्तै कार्यक्रममा शिक्षा स्वास्थ , लागुऔषध दुर्व्यसनी विरुद्ध , विकास निर्माण र रोजगारिको विषयमा जनताले प्रश्न गरेका थिए ।
हामी जस्ता सन्चारकर्मिलाई त एउटा काम लिएर आउँदा छ सात पटक वडा कार्यलय र नगरपालिका धाउन पर्छ भने सर्वसाधारणले कति पटक धाउने पर्ने हो भन्दै सन्चारकर्मीहरुले प्रश्न गरेका थिए। कार्यलयका ८०% कर्मचारीको नियत दुख दिने नियत नै भएको सर्वसाधारणले दुखेसो पोखेका थिए। कार्यक्रममा नगर प्रमुख पुर्ण आचार्य , उपप्रमुख संगिता सुवेदी र प्रशासकीय अधिकृत टिकाराम ढकाले जनताले राखेको सवालको जवाफ व्यक्त गरेका थिए ।सुनवाई कार्यक्रममा १५ वटै वडाका जनप्रतिनिधिहरु , राजनीतिकर्मी, व्यवसायी ,, विद्यार्थी, समाजसेवी र बुद्दिजिवी सन्चारकर्मी लगाएतको उपस्तिथि रहेको थियो।