११ मंसिर २०८१, मंगलवार
तन्नाको पासो बनाएर थुनुवाले गरे कारागारमा आत्महत्या

  • टाइम्स संवाददाता

  • २१ असार २०८०, बिहीबार १०:२१

नेपालगञ्ज: नेपालगञ्ज कारागारमा एक जना थुनुवाले  आत्महत्या गरेका छन् । डाँका चोरी मुद्दामा कारागार पुगेका बाँके जानकी गाउँपालिका वडा नं ६ का २३ वर्षीय निरजकुमार बानियाले कारागारको बाथरुममा तन्नाको पासो लगाएर आत्महत्या गरेका हुन् । २०७९ चैत्र २२ गते अदालतले डाँका चोरी मुद्दामा तीन वर्ष कैद र ३० हजार जरिवाना तोकिएका बानियालाई प्रहरीले असार ५ गते पक्राउ गरेको थियो ।

बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीका अनुसार, निरज विहान ५ बजे बाथरुममा तन्नाको पासो बनाएर झुण्डिएको अवस्थामा फेला परेका थिए । शवलाई पोष्टमार्टमका लागि भेरी अस्पतालमा लगिएको छ ।

Nabintech