१० मंसिर २०८१, सोमबार
के हो ? ज्ञानपुञ्ज स्कुलको फण्डा, स-प्रमाण नालिबेली

सगरमाथा ज्ञानपुञ्ज माध्यामिक बिद्यालय २०६१ सालमा शशत्र द्धन्द्धको चपेटामा परेर कोहलपुर ४ पशुपतिनगरमा स्थानान्तर भएको थियो


  • प्रमोद रिजाल

  • २१ असार २०८०, बिहीबार १२:४५

कोहलपुर,बाँके:गत चैत्र ९ गते दलिय सहमतिमा शिक्षक अभिभावक संघ गठन भईसकेको कोहलपुर ४ पशुपतिनगरमा रहेको सगरमाथा ज्ञानपुञ्ज माध्यामिक बिद्यालयले पुन: बिद्यालयको शिक्षक अभिभावक संघ गठनका लागि भन्दै असार १९ गते भेलाको गते नतोकि बिभिन्न दललाई पत्राचार गरेपछि कोहलपुरको शैक्षिक बृत्तमा तरङ्ग उत्पन्न भएको छ ।

बिद्यालयका प्रधानाध्यापक मोहन चौधरीले चैत्र ९ गते वडा स्तरीय पार्टि प्रतिनिधिहरुको बैठकले सिफारीस गरेका शिक्षक अभिभावक संघको पदाधिकारीहरुको नामावलीमा नेकपा एमाले र माओबादि बाहेक अन्य दलका अभिभावकहरुको समाबेश नभएको भन्दै बिद्यालय क्षेत्रका बिभिन्न दलहरुलाई पत्राचार गरेपछि शैक्षिक ब्यक्तिमाझ यो मुद्धाले तरङ्गीत हुने मौका पाएको हो ।

पुर्व शिक्षक समेत रहेका हेम कुमार रावतले आफनो फेसबुक वालमा यो पत्र को आसय के हो ? बिद्यालयमा पनि दलहरुको प्रतिनिधि चाहियो ! यस्तो त अहिले सम्म थाहा पायको थियन । बिद्यालयको लेटर प्याडमा सिधै पार्टिका प्रतिनिधि माग गरियो । कहि नभयको  भन्दै टिप्पणी गरेका छन ।

यो त अति भयो भन्दै जय बहादुर बिष्टले यसरी कोहलपुरमा शैक्षिक हब बन्छ र प्रधानाध्यापक ज्यु ?  शिक्षक अभिभावक सँघमा त दलको होईन अभिभावकको प्रतिनिधित्व हुने होला नि भन्दै प्रतिप्रश्न गरेका छन । बाँके जिल्लामै गौरबमय इतिहास बोकेको सगरमाथा ज्ञानपुञ्ज माद्यामिक बिद्यालयमा प्रशाशक नै अमुक राजनितिक दलको प्रबक्ता बनेर आलोच्य बन्नु राम्रो होइन भन्दै अनेरास्ववियुका केन्द्रिय सदस्य दिनेस के.सिले समेत टिप्पणी गरेको प्रधानाध्यापकको यो कदमको सर्बत्र आलोचना गरिएको छ ।

चैत्र ९ गते नेपाली काङ्ग्रेसले नेकपा माओबादीलाई सर्मथन गर्दै संघ गठनको काम टुङ्गाई सकेको भएपनि पुन भेला बोलाईनुले प्रधानाध्यापकले अमुक रुपमा पार्टि प्रबक्ताको भुमिका निभाएको शिक्षक बिद्यार्थीहरुले आरोप समेत लगाउन थालेका छन । नेपाली काङ्ग्रेस सर्मथक चौधरीले काङ्ग्रेसका प्रतिनिधि पनि सहभागिता गराउने अर्को फण्डा स्वरुप पुन पत्राचार गरेको केहि शिक्षकहरुले समेत आरोप लगाएका छन ।

गत चैत्रमा शिक्षक, अभिभावक संघ गठनका लागि समन्वय समितीका संयोजक गणेश थापाको संयोजकत्वमा बसेको बैठकले दलिय भागभण्डा गर्दा अध्यक्षमा सृजना शाहि, सदस्यहरुमा शुशिला वलि, कमला सापकोटा , टिका शाहि माओबादिबाट चयन भएका थिए भने अन्य सदस्यहरुमा एमालेबाट मान बहादुर बि.सि, धनिसरा शाही, जयकला बुढाथोकि, कलावती चौधरी र जोवननाथ शाहि चयन भएका थिए ।
चयन भएसंगै उक्त माईन्युटमा नेपाली काङ्ग्रेसको नेकपा माओबादीलाई पुर्ण रुपमा सर्मथन गरेको सम्मेत उल्लेख गरिएको छ ।

कोहलपुर पुर्वपश्चिम राजमार्गसंगै एनसिसिएनमा रहेको सगरमाथा ज्ञानपुञ्ज माध्यामिक बिद्यालय २०६१ सालमा शशत्र द्धन्द्धको चपेटामा पर्दै कोहलपुर ४ पशुपतिनगरमा स्थानान्तर गरिएको थियो । जिल्लामै एसएलसिमा उत्कृष्ठ नतिजा ल्याएर सकारात्मक चर्चा कमाएको बिद्यालय अहिले प्रधानाध्यापकको रबैयाले नकारात्मक चर्चा पाउन थालेको छ । किन यस्तो पत्र लेखिएको भन्ने प्रश्नमा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन पौडेलले आफुलाई यस बिषयमा जानकारी नभएको प्रतिक्रिया दिएका छन भने बिद्यालयका प्रधानाध्यापक चौधरीको सम्पर्क नम्बर ९८५८०३२४४९ मा सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

Nabintech