कोहलपुर,बाँके: कोहलपुर नगरपालिका वडा न ५ स्थित शान्तिटोल नजिक एक ब्यक्ती झुन्डिएको अवस्थामा फेला परेका छ्न । अन्दाजी ३६ बर्शिय मनिश शाही नाम गरेका ब्यक्ती आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेका हुन । केही दिन अघिमात्रा भारतबाट आएका उनी घरमा कोहि नभएको अवस्थामा झुन्डिएको हुन सक्ने प्रहरिले जनाएको छ । उनी एक्लै घरमा बस्दै आएको स्थानियले बताएका छन । उनका बच्चाहरु मामाघरमा बस्दै आएको र उनी केही दिन देखि एक्लै बस्दै आएको हुनाले यो घटना कहिले भयो भन्ने थाहा नभएको स्थानिएहरुले बताए । शबको प्रकृति हेर्दा करिब २र३ दिन अघि झुन्डिएको हुन सक्ने प्रहरिले बताएको छ । करिब एक बर्ष अघि उनकी श्रीमतीले पनि बीस सेवनगरी आत्महत्याको बाटो रोजेकी थिइन ।
यसरी दैनिक आत्महत्याका घटनाहरु बड्दै जादापनी स्थानिय सरकार र सरोकारवाला निकाएका कुनै कार्यक्रमहरु प्रभाबकारी नभएको सहजै अनुमान गर्न सकिन्छ । आत्महत्या घटना न्युनिकरणका कार्यक्रमहरु शहरमुखी भन्दा पनि टोल बस्तिसम्म प्रभाबकारी बनाउनु पर्ने देखिन्छ । जसको असर सहजै नगरबासिले महसुस गर्न सकुन ।