११ मंसिर २०८१, मंगलवार
नारायणगढ–मुग्लिन सडक पहिरोले अवरुद्ध

  • टाइम्स संवाददाता

  • २३ असार २०८०, शनिबार १८:५१

काठमाडौं : नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध भएको छ। चितवनको कालीखोला नजिक सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। प्रहरीका अनुसार अहिले पहिरो पन्छाउने काम भइरहेको छ।

ठूलो पहिरो खसेकाले सडक खुलाउन समय लाग्ने प्रहरीले जनाएको छ। सडक अवरुद्ध भएसँगै अपरान्ह ४ बजेदेखि सवारी र यात्रु बीच बाटैमा रोकिएका छन्।  यस सडकखण्ड केही दिन अघिको झरीका बेला निरन्तरको पहिरोले लामो समयसम्म अवरुद्ध भएको थियो।

Nabintech