१० मंसिर २०८१, सोमबार
कोहलपुर नगरको १३ औं अधिबेशन बजेटमाथि छलफल

भेरी ग्याँसका बुलेटका कारण बस्ति जोखिममा परेकाले त्यस स्थानबाट उक्त डिपो फिर्ता गराईनुपर्नेमा जोड


  • टाइम्स संवाददाता

  • २६ असार २०८०, मंगलवार १७:२०

कोहलपुर: कोहलपुर नगर पलिकाको १३ औं नगर अधिबेशनको दास्रो बैठक सम्पन्न भएको छ ।आर्थिक बर्ष ८०/ ८१ को निती तथा कार्यक्रम यस अघि नै पास भईसकेको बजेटका बिषयमा उपस्थित सभासदहरुले दफावार रुपमा छलपलमा सहभागि भएका थिए । दफावार छलपलमा बिभिन्न वडाका वडा अध्यक्ष,कार्यपालिकाका सदस्यहरु कबिराम पुलामि मगर, सुदन ढकाल, गंगा बि.क, भिम प्रसाद पौडेल, सुनिता सुनार, वीरेद्र शाह, गोमा कुमारी खनाल,हरसिंह कठायत,कल्पना अधिकारी,माधव रिजाल, ओपेन्द्र नाथ योगि ,नम प्रसाद आले मगरले सहभागिता जनाएका थिए ।

नगर भित्र साझा समस्याका रुपमा रहेका खानेपानीका समस्यादेखि शिक्षा, स्वास्थ्यका बिषयमा समेत कार्यपालिका सदस्यहरुले आवाज उठाएका थिए । सघन शहरी कार्यक्रम लागु गरिने भन्दै गत साल भन्दा यो आर्थिक बर्षमा १ अरब ७ करोड बजेट ल्याईएकाले कम बजेटमा पनि काम गर्नपर्ने बाध्यता रहेको नगरपालिकाले जनाएको छ ।

Nabintech