सम्मानिय प्रधानमन्त्री क. प्रचण्ड
तपाईंको प्रीय अर्धाङ्गिनी आदरणीय सीता दाहालको देहावसानले गहिरो शोकमा रहेको परिवारजन प्रति हार्दिक समवेदना प्रकट गर्दछु। दिवङ्गत आत्माको चिर शान्तिको कामना सहित हार्दिक श्रद्धाञ्जली !
मृत्यु अप्रीय हुन्छ । मृत्यु पिडादायी हुन्छ। मृत्युले वियोग निम्त्याउछ जो वियोग कहिल्यै समयोगमा बद्लिदैन । संसारका हरेक प्राणीले मृत्युलाई टाढा धकेल्न खोज्छ, टाढा भाग्न खोज्छ तर आजका दिन सम्म यो सम्भव भएको छैन। मृत्युलाई उत्सवको रुपमा सहायतै कहिँ मनाइन्छ होला ।
साठी पुगे कति बाच्नु भाले बासे कति सुत्नु भन्ने नेपाली उखानले सामयिक मृत्युको अबश्यमभाबिक्ता लाई स्वीकार गरेको पाईन्छ। तर जुन मृत्युु युवा वा बाल्यकालमा हुन्छ्न ती मृत्युको पीडा असह्य हुन्छ।
सम्माननिय प्रधानमन्त्री ज्यु,
मलाई यो जिन्दगीले चोट दियो गनि गनि भन्ने नेपाली गित जस्तै परिस्थितिले तपाईलाई बारम्बार गहिरो चोट दियो। हिम्मत नहार्नुहोस बारम्बार अचानो बन्नुपर्ने पीडा भोक्ने तपाईं एक्लो भने हैन, संसारमा तपाईं जस्तै विवशताले अचानो बनाइएका लाखौ मानिसहरु जिवितै छ्न। त्यता तिर हेर्नुहोला र मन बुझाउनु होला। अर्को कुरो मृत्युको शाश्वत सत्यतालाई बुझेको नाताले तपाईंलाई सामान्य मानिसको भन्दा यो वियोग स्वीकार गर्न केही सहज अबश्य होला।
यति भन्दै गर्दा म यो आरोप लाउदै छैन कि तपाईंमा कुनै समवेदना नै छैन । तपाईं पनि मानिस हो संसारिक मानिसको नाताले तपाईंका पनि कयौं नाता र सम्बन्ध छ्न र तपाईंले निभाउनु पर्ने भुमिका छ्न। तपाईंको हृदय मानव हृदय नै हो । दुख ,पीडा, माया, प्रेम सबैको हृदयले अनुभुत गर्छ।
तपाईं पुत्री वियोग सहनु पर्ने अभागी पिता । पुत्र वियोग सहनुपर्ने दुखी बाबू। पत्नी वियोग झेल्नुपरेको पीडित पति हो। तर बिडम्बना धक फुकाएर रुन नमिल्ने, दुख मानाउ गर्न नमिल्ने । जिम्मेवारीको गह्रौ भारी मुनि पीडा भुलेको अभिनय गर्नुपर्ने, दुख बिर्सेको नाटक गर्नुपर्ने । तर शोकलाई शक्तिमा बदल्ने भन्ने भाष्य युद्धकालमा लडाकु योद्धाहरुमा दिलदिमागमा हिम्मत भर्ने प्रेरक तत्व थियो। आज शोकलाई शक्तिमा बदलेर अगाडी बढ्नुको विकल्प तपाईं सग छैन ।
सम्माननिय प्रधानमन्त्री ज्यु ,
मलाई लाग्छ करोडौं मानिसको नरसंहार मच्चाउने बिश्व युद्धका नाइके भन्दा तपाईंलाई बढी दानविकरण गरियो नेपालमा । कारण तपाईं आफै हो । हिजो जुन माग र मुद्दाहरूको आधारमा जनयुद्ध छेड्नुभयो ती माग र मुद्दाहरू तपाईं तीन पटक प्रधानमन्त्री हुँदा पनि जिउकातिउ छन। नागरिकको जीवन स्तरमा कुनै सुधार छैन । भ्रष्टाचार मौलाउदो छ। तपाईंले पछिल्लो समयमा भ्रष्टाचार विरुद्धमा लिएका कदमहरु आशा योग्य छन तर अझै जनतामा बिश्वास बनिसकेको छैन कि यी कदमहरु सार्थक टुंगोमा पुग्नेछन् ।
संयोगले जनयुद्धमा समर्पित योद्धाहरु सग अन्तरन्ङ्ग कुरा गर्ने मौका मलाई मिलेको थियो युद्ध कालमा। रुकुम पश्चिमको मेरो घर माओवादी मिलिसिया र कार्यकर्ताको लागि सेल्टर थियो। पुर्व मेचीदेखि पश्चिम महाकालीका माओवादी कार्यकर्ताहरु सग अन्तरङ्ग कुरा गर्ने अवसर त्यही सेल्टरले जुराइ दिएको हो। उनीहरूको लगन, इमान्दारी, जिम्मेवारी प्रतिको समर्पण साच्चिकै लोभलाग्दो थियो । आज ती कयौं तपाईंका प्रीय कार्यकर्ता यो दुनियाँमा छैनन् । तिनका परिवारले तपाईं जस्तै वियोगको पिडा भोगिरहेका छन।
तपाईंको लागि प्रधानमन्त्री पद गौण हुनुपर्छ अब । तपाई तीन तीन पटक प्रधानमन्त्री भैसकेको मान्छे। आफुमा लागेका कयौ लालछना पखाल्ने यो आन्तिम मौका हुनसक्छ । युद्ध पीडित परिवारका घाउमा मलम लगाउनुहोस । त्यो बिद्रोही या राज्य पक्षबाट होस। क्षती क्षती हुन्छ , पीडा पीडा हुन्छ । दुनियाँका कुनैपनि युद्ध बलिदानी बिना जितिदैनन। बन्दैन मुलुक दुईचार सपूत मरेर नगए भन्ने भुपी शेर्चन को कविता त्यसै लेखिएन होला ।
नेपालमा गणतन्त्र आयो जनताको क्षमतावान छोराछोरी राष्ट्रको प्रमुख बनेर देश हाक्ने अवसर पायो । कुरा राम्रै हो। तपाईं इमानदार बन्नुहोस देशको लागि, जनताको लागि।तपाई जनताको सारथि बन्नुहोस। भ्रष्टाचारको जरो उखेलनुहोस, युवाले सोदेशमै रोजगार खोजेको छ अवसर सृजना गर्नुहोस् । यो संघीयता परिमार्जन गर्नुहोस् । नेपाली माटो सुहाउँदो राज्य संरचना बनाउनुहोस। देशलाई आत्मनिर्भरताको बाटोमा डोर्याउनुहोस । देश र जनताको पक्षमा सतिसाल झै उभिनुहोस।
यो सन्सारमा सर्वगुण सम्पन्न कुनै मानिस हुदैन । संसारका सबै मान्छे अन्तर्गत तपाईं पनि पर्नुहुन्छ। तपाईंका पनि गुण अबगुण दुबै छन । एक पटक पार्टी र स्वार्थ भन्दा माथी उठेर राष्ट्रको निम्ती, जनताका निम्ति दुरगामी महत्त्वका सार्थक प्रयत्न अगाडी बढाउनुहोस। पूरा गरिदिनुहोस सीता दाहाल जस्तै आमाहरूका सपना । सार्थक पारिदिनुहोस प्रकाश दाहाल जस्तै युवाहरूका सपना। मुर्त बनाइदिनुहोस ज्ञानु दाहाल जस्तै लाखौं छोरीका सपना।
सम्माननिय प्रधानमन्त्री ज्यु !
कोही यहाँ भोको नरहोस। औषधि गर्न नपाएर अकालमा कसैको ज्यान नजावस । शिक्षाको उज्जालो घाम सबैको घरमा पसोस । समानता र समताले नेपाल प्रफुल्ल रहोस। यी उद्देश्य पूरा गर्नुनै आदरणीय सीता दाहाल प्रती सच्चा श्रद्धाञ्जली हुनेछ। हार्दिक श्रद्धाञ्जली आदरणीय सीता दाहाल ज्यु