१० मंसिर २०८१, सोमबार
महासंघ बाँकेका पुर्व सभापति सुबेदीलाई पितृ शोक

लामो समय शिक्षण पेशामा लाग्नु भएका सुबेदी राजनिज्ञि समेत हुनुहुन्थ्यो


  • टाइम्स संवाददाता

  • २९ असार २०८०, शुक्रबार १६:५२

नेपालगञ्ज: नेपाल पत्रकार महासंघ बाँकेका पुर्व सभापति, प्रेस चौतारीका केन्द्रिय सदस्य एबं प्रेस चौतारी लुम्बिनी प्रदेश सह ईन्चार्ज रुद्र सुबेदीलाई पितृ शोक परेको छ ।

४० बर्ष लामो समय शिक्षण पेशामा लाग्नु भएका डम्मर सुबेदीको आज शिक्षण अस्पतालको सघन कक्षमा उपचारका क्रममा निधन भएको सुबेदीको पारीवारीक श्रोतले बताएको छ । सुबेदी बिगत देखि सुगर प्रेसरका बिरामी हुनुहुन्थ्यो ।

शिक्षण पेशाबाट बिश्राम लिएपनि सामाजिक कार्यमा क्रियाशिल रहदै आउनु भएका डम्मर सुबेदी शिक्षक सहकारी नेपालगञ्जका अध्यक्षको रुपमा कार्यरत रहदै आउनु भएको थियो ।

नेकपा एमाले अञ्चल कमिटीको कार्यालय सचिव भएर कार्यरात सुबेदी हाल लुम्बिनी प्रदेश कमिटी सदस्यमा रहेर पार्टिमा समेत क्रियाशिल हुनुहुन्थ्यो । उहाको अवशानले पार्टिलाई अतुलनिय क्षति पुगेको नेकपा एमाले बाँकेका उपाध्यक्ष डिल्लि बिसिले बताए ।

२००२ सालमा कास्कि जिल्लाको काँस्किकोटमा जन्मिनु भएका डम्मबर सुबेदीको पार्थिब शरिरलाई पारीवारीक श्रोतका अनुसार भोलि ३० गते विहान बाँकेको अगैयाघाटमा अन्तिम संस्कारका लगिने भएको छ । अगैयाघाट लैजानु अघि स्वर्गिय सुबेदीको पार्थिब शरीरलाई नेकपा एमाले बाँकेको पार्टि कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिने छ भने ८ बजे त्यहाबाट घाट लैजाने ब्यबस्था मिलाईएको सुबेदी परीवारले जनाएको छ ।

नेपालगञ्ज आफनै निवासबाट र कोहलपुरको न्युरोड चोक बाट आफन्त तथा शुभ चिन्तकहरुका लागि सवारी साधनको ब्यबस्था गरिएको छ ।
स्व. सुबेदी बाँकेमा शैक्षिक, राजनैतिक, सामाजिक ब्यक्तित्वको रुपमा चिरपरि हुनुहुन्छ । उहाको धर्मपत्निको यस अघि नै निधन भई सकेको छ भने सुबेदीका ३ छोरा (रुद्र सुबेदी, माधव सुबेदी र गुरु सुबेदी) र एक छोरी सिता सुबेदी रहेका छन ।

Nabintech