१० मंसिर २०८१, सोमबार
बाँकेको भेरी अस्पतालमा सर्पदंशका बिरामीको चाप बढ्दो

सर्पले टोकेका बिरामीलाई अस्पताल वा उपचार केन्द्रसम्म ल्याउनै ढिलो हुने गरेका कारण ज्यान जोखिममा


  •  सरला सुवेदी

  • ३१ असार २०८०, आईतवार १०:५८

बाँके: वर्षायाम लागेसँगै विशेष गरी तराई क्षेत्रमा सर्पदंशका बिरामी बढ्दै गएका छन् । बाँकेको नेपालगन्जमा रहेको भेरी अस्पतालमा पनि सर्पले टोकेका बिरामीको चाप बढ्दै गएकाे छ। अस्पतालमा दैनिक १० देखि २०जनासम्म सर्पदशका बिरामी भर्ना भइरहेका हुन् । भेरी अस्पताल नेपालगन्जमा आएका सर्पदंशका बिरामीहरू मध्ये ८० देखि ९० प्रतिशत विष रहित सर्पले टोकेको बिरामी आउने गरेकाे अस्पतालले जनाएकाे छ ।

यो वर्ष वैशाखदेखि अहिलेसम्म १० जना गम्भीर प्रकृतिका बिरामी उपचारका लागि आएको र जसमा २ जनाको उपचारको क्रममा मृत्यु भएको अस्पातालले जानकारी दिएकाे छ। हरेक वर्ष नेपालमा ३ देखी ४ हजारको सङ्ख्यामा सर्पको टोकाई बाट मृत्यु हुने गरेको छ । भेरी अस्पतालमा मात्रै गएको वर्ष ३ सय ८० जना सर्पदंशका बिरामी उपचारको लागि आएका थिए । जसमा ८० जनालाई विषालु सर्पले टोकेको र अस्पताल ल्याएका मध्ये ५ जनाको ज्यान गएको अस्पातालले जानकारी दियाे ।

समयैमै उपचार गर्न चिकित्सको सुझाब प्युठान नगरपालिकाकी १४ वर्षिया बालिका करुणा बस्नेत र उहाँको भाइ करण बस्नेतलाई असार २५ गते सर्पले टोकेको थियो । सर्पले आफु र भाइलाई टोकेपछि निकै डर लागेको उहाँले बताउनु भयो । भाइ कर्ण अस्पतालको आइसु कक्षको बेडमै भएपनी करुणालाई भने निको भइसकेको छ। करुणाले सर्पले टोक्ने बित्तिकै आफूलाई पेट दुखेको र हात झमझम गर्न थाले पछि आफूलाई केही थाहा नभएको बताउनु भयो । करुणाको आमाबुवा बोल्न नसक्ने र घरको अवस्था पनि निकै नाजुक भएकोले उहाँको काकी सिता बस्नेतले उपचारका लागि प्युठान स्वास्थ्य संस्थामा लानुभएकाे थियाे ।

प्युठानमा उपचार सम्भव नभए पछि दुवै जनालाई स्वास्थ्यकर्मीको सहयोगमा भेरी अस्पताल नेपालगन्जमा ल्याएर उपचार गराईरहको थियाे । यस्तै असार २६ गते बिहान आफ्नो बारीमा घाँस काट्दै गर्दा दाङका जालुराम चौधरीलाई हातको औलामा हरियो सर्पले टोक्यो टोकेको केही समयमा हात सुन्निन थाले पछि थप उपचारका लागि भेरी अस्पताल नेपालगन्ज हस्पिटलमा आएको उहाँले बताउनु भयो। बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ५ कि १२ वर्षिया मनीषा हरिजननलाई असार २२ गते खेतमा घाँस काट्दै गर्दा सर्पले टोकेको थियो । सर्पले टोकेपछि हात दुखेको अनुभव सुनाउनु हुन्छ मनीषा । सर्पको टोकाई पछि मनीषाको हातमा फोकाहरू निस्किएका थिए । फोकाहरू हातभरि फैलिन लागेपछि भेरी अस्पतालमा उपचारका लागि ल्याइएको उहाँको बुवाले बताउनुभयाे ।

मनिषा उपचार पछि निको भएकाेले घरमा लैजाने तयारी गरेको मनीषाको बुवाले बताउनु भयो । सर्पले टोक्ने बित्तिकै नजिकैको सुविधा सम्पन्न सर्पदंशको उपचार केन्द्रमा लैजान भेरी अस्पताल नेपालगन्जका वरिष्ठ कन्सल्टेन्ट तथा सर्प दंशका फोकल पर्सन डा कृष्ण प्रसाद आचार्यले आग्रह गर्नु भयाे । यसको न्युनिकारणको लागि सरकारले आम मानिसमा जनचेतनाको लागि पहल गर्न पर्ने र प्रत्येक जिल्लामा सर्पदंश उपचार केन्द्र सञ्चालनमा ल्याउनु पर्ने आवश्यकता भएको उहाँको भनाई छ ।

सर्पले डसेर अन्तिम अवस्थामा पुगेका बिरामी भेरी अस्पतालमा आएपछि नयाँ जीवन पाएका धेरै घटना रहेकाे उहाँले बताउनुभयाे । डा. आचार्यले सर्पले टोकेका बिरामीलाई अस्पताल वा उपचार केन्द्रसम्म ल्याउनै ढिलो हुने गरेका कारण ज्यान जोखिममा पर्ने भएकाले सर्पले टोकेमा तुरुन्त अस्पताल वा उपचार केन्द्रमा पुर्याए बिरामीको ज्यान जोगिने बताउनु भयाे। भेरी अस्पतालका चिकित्सक आचार्यले कसैलाई सर्पले टोकेको थाँह पाउने बित्तिकै आफू स्वयम नै बिरामीलाई रिक्स्यु गर्न निस्कने गरेकाे बताउनुभयाे । प्युठानका करुणा र करण बस्नेतलाई पनि उपचार गर्न उहाँ आफै बाटोमै पुग्नु भएको थियाे। सर्पको टोकाईबाट बाँच्नको लागि घरवरपर सरसफाई राख्ने र सुत्दा खेरी झुल टाँगेर सुत्न उहाँले आग्रह गर्नु भयाे ।

अहिले विभिन्न जिल्लाका गाउँ ठाउँबाट दर्जनौँ व्यक्ति उपचारका लागि आउँछन् । तराई क्षेत्रमा देखापर्ने विषरहित सर्पमा ढोरिया, हरहरा लगायतका सर्पहरू रहेका छन् । विषालुमा सबैभन्दा बढी व्यक्तिलाई टोक्ने करेट र गोमन सर्प सबैतिर सजिलै भेटिने गरेका छन् । गर्मी र वर्षाको मौसममा सर्पको टोकाइको जोखिम धेरै हुने भएकाले घर वरिपरिको सरसफाइमा ध्यान दिन डाक्टर आचार्यले आग्रह गर्नु भएको छ। त्यसैगरी राति अँध्यारोमा हिँड्दा टर्च लाइट लिएर निस्कनुपर्ने, दाउरा घाँस गर्दा पूरा बाहुलाको कपडा लगाउने र गमबुट लगाउने गर्नाले सर्पदंशबाट बच्न सकिने उहाँको भनाई छ । सर्पले टोकेमा गाउँ टोलकै धामी, झाँक्री, गुरुबा वा अरू परम्परागत विधिमा नअल्झेर बिरामीलाई तुरुन्त सर्पदंश उपचार केन्द्र वा उपचार हुने अस्पतालमा पुर्याउनु पर्ने उहाँकाे सल्लाह छ। ।

Nabintech