२४ असार २०८२, मंगलवार
काव्यको तिज गीत ‘सम्झ्यौ कि आमाले

  • टाइम्स संवाददाता

  • ३१ असार २०८०, आईतवार १२:४५

काठमाडौँ:गायिका काव्य आचार्यको तिज गीत सार्वजनिक भएको छ।  आइतबार बिहान ‘सम्झ्यौ कि आमाले’बोलको तिज गीत सार्वजनिक भएको हो। पछिल्लो समय तिज गीतका नाममा व्यापार बढी हुने गरेको जनगुनासो बढिरहेको बेला काव्यको यो गीतले सकारात्मक प्रतिक्रिया पाएको छ। तिजको रंग र मर्म दुवै गीतले पकडेको प्रतिक्रिया आइरहेको गायिका काव्यले बताइन्।

सार्वजनिक गीतमा माइतीको सम्झना गरिएको छ। आमा र भाउजूलाई सम्झिएको गीतमा माइतीलाई भेट्न नपाउँदाको पीडा पोखिएको छ।काव्यको स्वर तथा संगीत रहेको गीतको संयोजन पवन रानाभाटले गरेका छन्।
Nabintech