११ मंसिर २०८१, मंगलवार
बाँकेमा अघिल्लो आर्थिक बर्षमा सवारी दुर्घटनामा परि ६०को मृत्यु ,एक सय २९ घाईते

त्रिचालिस हजार आठ सय ३८ वटा सवारी साधन कारबाहीमा, दुईकरोड बढि राजस्व संकलन


  • टाइम्स संवाददाता

  • १ श्रावण २०८०, सोमबार १९:५४

बाँके:जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले आर्थिक बर्ष २०७९/०८० को मसान्तसम्ममा त्रिचालिस हजार आठ सय ३८ वटा सवारी साधनलाई कारबाही गरि दुईकरोड बढि राजस्व संकलन गरेको छ । गत आर्थिक बर्षमा सवारी साधनलाई कारबाहीबाट मात्र दुई करोड ६१ लाख ९७ हजार राजस्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख तिलक सुनारले जानकारी दिए ।

ट्राफिक प्रहरी कार्यालय बाँकेले राजस्व भन्दा पनि जनचेतनाका कामहरुलाई संगसंगै अगाडी बढाईरहेको समेत उनले जानकारी दिए । गत आर्थिक बर्षमा मात्र कार्यालयबाट सात सय ७३ वटा सचेतना कक्षा संचालन गरी करिब चौतिस हजार बढि सवारी चालक, यात्रु र विद्यार्थीहरुलाई सचेतीकरण गर्ने काम पनि गरेको सुनारले जानकारी दिए । आर्थिक बर्ष २०७९/८० को मसान्तसम्ममा बाँकेमा एक सय २४ वटा सवारी दुर्घटना भएका थिए ।

सवारी दुर्घटनामा परि ६० जनाको मृत्यु भएको छ भने एक सय २९ जना घाईते भएका थिए । जसमा सडक चौपाए १०को मृत्यु भएको थियो भने २ वटा घाइते भएका थिए । बाँके जिल्ला भारतीय सिमासंग जोडिएको बजार भएको हुदा पनि भारतीय सवारी साधनहरुको लापरबाहीका कारण पनि सवारी दुर्घटना हुने गरेको छ । बाँकेमा ट्राफिक प्रहरीको अभाव र सवारी चालकहरुको लापरबाही, मदिरा र लागुपदार्थ सेवन गरी सवारी चलाउने भएका कारण पनि सडक दुर्घटना बढ्दै गएको तथ्यांकले देखाउछ ।

सडक दुर्घटना न्यूनिकरण गर्नका लागि ट्राफिक प्रहरीले मापसे र लागु पदार्थ सेवन गरि सवारी चलाउनेहरुलाई नियन्त्रण गर्नका लागि बिभिन्न अभियानहरु संचालन गर्दै आएको भएता पनि त्यती प्रभाबकारी भएको पाईदैन । यस्तै बाँकेमा गत आर्थिक बर्षमा मापसेका दुईहजार आठ सय ५५ वटा सवारी साधनहरु लाई कारबाहीबाट २८ लाख ५५ हजार राजस्व संकलन गरेको छ ।

Nabintech