१० मंसिर २०८१, सोमबार
कोहलपुर खानेपानीको निर्वाचन श्रावण १२ गतेलाई तय

६ गते उम्मेदवारी उपर दावी विरोध र उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान


  • टाइम्स संवाददाता

  • ३ श्रावण २०८०, बुधबार १९:२४

कोहलपुर,बाँके: बाँके  जिल्लामा रहेको कोहलपुर साना खानेपानी तथा उपभोक्ता संस्थाको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । संस्थाको काम चलाउ कार्यसमितिका अध्यक्ष नर बहादुर मल्लले कार्यालय प्रमुख र कोहलपुरमा रहेका राजनैतिक दलहरुलाई बिपक्षि बनाई अदालतमा मुद्धा हालेपछि गत जेष्ठ २० गते गर्ने भनिएको निर्वाचनका सबै कार्यक्रमहरु स्थगित भएका थिए । आज बुधवार निर्वाचन अधिकृतको कार्यालयमा बसेको बैंठकले निर्वाचन प्रक्रिया शुरु गर्ने निर्णय गरेको हो ।

निर्वाचन अधिकृतको कार्यालयले श्रावण १२ गते बृहत खानेपानी उपभोक्ता संस्थाको निर्वाचन गर्ने निर्णय गरेको छ । कार्यालयले मतदानको मिति तोक्दै ९ दिनको निर्वाचन तालिका सार्वजनिक गरेको हो । सार्वजनिक गरेको तालिका अनुसार निर्वाचन प्रक्रिया श्रावण ३ गतेदेखि सुरु भई १२ गते सम्पन्न हुनेछ ।

सार्वजनिक तालिका अनुसार श्रावण ३ गते मतदाता नामावली सार्वजनिक गर्ने, ४ गते मतदाता नामावली उपरदावी विरोध, दावी विरोध उपर छानविन, निर्णय र अन्तिम नामावली प्रकाशन, ५ गते उम्मेदवारी मनोनयन फारम वितरण तथा मनोनयन दर्ता, ६ गते उम्मेदवारी उपर दावी विरोध र उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान, ७ गते नमुना मतपत्र वितरण र १२ गते मतदान, मतगणना र मतपरिणम घोषणा र प्रमाण पत्र वितरण सपथ ग्रहण गर्ने बताईएको छ ।

निर्वाचनका लागि अहिले सम्म २ वटा प्यानलले आफनो उम्मेदवारी घोषणा गरेका छन । नेपाली काँग्रेसको तर्फबाट टेक नारायण भुषालको नेतृत्वमा प्यालन सहित उम्मेद्वारी घोषणा गरिएको छ भने नेकपा एमाले, नेकपा माओबादि केन्द्र, नेकपा एकिकृत समाजबादि र राप्रपाले गठबन्धन गर्दै रुद्र प्रसाद खनालको नेतृत्वमा उम्मेदवारी घोषणा गरेको छ ।

नेपाली काँग्रेस कोहलपुर नगर कार्य समितिले आयोजना गरेको उम्मेद्वारी घोषणा सभाबाट अध्यक्षमा टेक नारायण भुषाल, उपाध्यक्षमा बिर बहादुर विष्ट, सचिवमा गोविन्द वाग्ले, कोषाध्यक्षमा धुव्र आचार्य, सह–सचिवमा ईश्वर शर्मा, सह–कोषाध्यक्षमा बालकुमारी सापकोटा, सदस्यहरुमा झग्गु वली, गंगा सापकोटा तथा चक्रदिप शाह छन् ।

यसैगरि चार दलिय गठबन्धनका तर्फबाट अध्यक्षमा रुद्र खनाल,उपाध्यक्ष याम बहादुर रावत, सचिब बल बहादुर खड्का ९अबिरल०, कोषाध्यक्ष नारायणी वलि,स कोषाध्यक्ष प्रेम पान्डे,सदस्यहरुमा अन्जना बिक,मेनुका न्यौपाने,केशब पोखरेल, दुर्गा काफ्ले, लाल बहादुर बुढाथोकी र चन्द बहादुर जिसि रहेका छन । गठबन्धनले सह सचिवमा भने निर्वाचन कार्यक्रम प्रकाशित भएपछि मात्र नाम प्रकाशित गर्ने जनाएको छ ।

 

Nabintech