८ मंसिर २०८१, शनिबार
अमेरिकाको इलिगल यात्रा !

  • स्वतन्त्र नागरिक

  • ४ श्रावण २०८०, बिहीबार १३:४१

अमेरिका अर्थात सपनाको देश । युरोप  अमेरिका सहजै जाना पाइने भए सहायत नेपालमा कोही बस्दैनथे होला ।आजभोलि  त्यस्तो लाग्छ मलाई ।  आजकल मेरो गाउबाट अमेरिका अबैध रुपमा जाने लहर चलेको छ। फाट्टफुट्ट बाटो मै मृत्यु हुन्छ। कोही गन्तव्यमा पुग्छ्न । कोही बिचबाटै फर्कन्छन ।
मेरो एक आफन्तकै छोरा अमेरिका जाने भएछ । इलिगल रुपमा अमेरिका ।  इलिगल शब्द आजकल मेरो गाउँमा तत्सम शब्द भैसक्यो । सहायत यसको नेपाली रुप अबैध हुन्छ भन्ने बुढापाकाहरु लाई थाहा नहोला तर इलिगलको अर्थ प्रष्ट छ।म जागीरको शिलशिलामा घर देखि टाढा बस्छु। एका बिहानै मेरो आमाले फोन गर्नुभयो , ” पल्ला घरको जेठाको छोरो त इलिगल रुपमा अमेरिका जाने भएछ नि त तेरो छोरो पठाउदैनस?” आमाको उमेर झण्डै सत्तरी पुग्दैछ।
इलिगल रुपमा अमेरिका जाने भनेको के हो आमा ? मैले थाहा नपाए जसरी सोधे । ” टन्न पैसा तिर्ने चोरबाटो हुँदै अमेरिका पुग्ने ।” कति तिरेर जानेभए नि पल्ला घरे भतिज ? मैले सोधे ।पैसठ्ठी लाख । प्लेन टु प्लेन हो रे बाबू। बिचमा हिड्ने भए बत्तीस लाख मात्रै  रे।
हिजो आठानी चारआनीको हिसाब गर्ने मेरी आमाको मुखबाट पैसठ्ठी लाख सहजै कसरी निस्क्यो, म छक्क परे।
अनि त्यत्रो पैसा तिरेर अमेरिका गएर के फाइदा हुन्छ त आमा ? मैले सोधे । माथी घरको लक्ष्मण पोहोर साल गएको एकबर्ष मै सबै लगानी उठाइसक्यो । महिनामा छ लाख छ रे कमाई !  अबको एकदुई बर्षमा त काठमाडौ तिर घर किन्न भ्याउछ त्यसले त । तेरो छोरो पनि पठाइहाल है बीस पच्चीस हजारमा हल्लीनु भन्दा। पल्ला घरे जेठाको सम्पत्ति मुस्किलले दस पन्ध्र लाखको होला । उनले कसरी जम्मागर्न सक्लान् त त्यत्रो पैसा ? म सोचमग्न भए ।
 तर उनले हप्तादिनमै जुटाए त्यो पैसा । साह्रा गाउँले, इस्टमित्र सबैले सहयोग गरे उनलाई । सबैलाई विश्वास छ, छोरो अमेरिका जानेभए कसो नतिर्ला र ऋण ?  त्यति मात्रै कहाँ  हो र , भोलिका दिनमा आफ्नो मान्छे पठाउदा पनि त सहयोग गर्ला भन्नेमा ढुक्क थिए, सबै ऋणदाता ।
 पठाउने ब्यक्ति ( दलाल ) को हातमा पैसा परे सगै  यात्रा शुरु भएछ । हप्तादिनमा उडान हुन्छ भन्दै दिल्ली पुर्याइएछ । हप्तादिनमा हुने भनेको उडान झन्डै चार महिना  सम्म भएनछ। यो अवधीमा त पल्ला घरे जेठा झण्डै डिप्रेसन्मा गएका रे।
चार महिना पछि फेरि काठमाडौमा फिर्ता ल्याएछन एजेन्टले ।काठमाडौ आएको हाप्तादिनमै उनको दुबइ यात्रा सफल भयो । घरका सबै परिवारको हृदयमा खुशीको सञ्चार भयो । सबै सहयोगीहरुमा मुस्कान छायो । अब केटो अमेरिका पुग्छ।
दुबईको बसाइ झन्डै महिनादिन लम्बियो उनको । यश बिचमा पनि विभिन्न अडकल भए, कतै केटो फर्कने त हैन ? केटो फर्किएन बरु ब्राजिलको यात्रा तय भयो । ब्राजिल दक्षिण अमेरिकी देश हो अब यहाँ बाट अमेरिका पुग्न धेरै टाढा छैन भन्ने म्यासेज केटोले घर पठायो।
ब्राजिल हुँदै केही दिनमा  केटो मेक्सिको पुगेछ। फेरि आमाको फोन आयो । ” पल्ला घरे जेठाको छोरो म्याक्सी पुग्यो रे बाबू । ” आमामा प्रफुल्लता थियो । म्याक्सी हैनहोला आमा मेक्सिको होला ? मैले सच्याउन खोजे । हो त्यही कता हो रे, त्यहाँ पुग्नु भनेको त अमेरिका पुगे जस्तो हो रे बाबू। हो आमा ती दुई देश छिमेकी देश हुन, नेपाल र भारत जस्ता। मैले सम्झाए ।
हप्तादिनको कठिन मेक्सिको बसाई पछि केटो अमेरिका पुग्न सफल भयो ।
अमेरिका अबैध रुपमा पुगेकाहरु अनिवार्य जेल बस्नुपर्ने नियम रहेछ। उता केटो जेलमा छ । यता बधाईले फेसबुकका भित्ताहरु रङ्गिए । गाउँमा लड्डु बाडियो । नजिकका नातागोता बोलाएर लोकल कुखुराको मासु अनि कयौं बोतल लोकल रक्सी सिध्याइयो । गाउँमा खुशीयाली मनाइयो।
आफ्नो सन्तान सात समुद्र पारी प्रदेश गएको छ त्यो पीडा कहीकतै छैन ।छोरो विदेशी जेलमा छ त्यो पनि प्रबाह छैन। यहाँ  त उमंग छ, खुशी छ । छोराले अब टन्न कमाउने छ। घरको अभाव हटाउने छ, अभावको भुमरीबाट निस्कने तनाव हटाउने छ। जेलबाट निस्कन नेपाली पाँच लाख तिर्नुपर्ने ।  पैसठ्ठी लाख जुटाउन सक्ने दाइलाई पाँचलाखको के प्रबाह !  सरसापट गरे, खोजखाज गरे पठाइहाले। छोरालाई जेलबाट निकालीहाले ।
केटो जेलबाट निस्कन बित्तिकै काममा लागिहाल्यो । महिनाको चार लाख नेपाली तलब। कसैलाई सोर्स लगाउनु परेन, घुस खुवाउन परेन । नेपाल आफ्नो मातृभुमी हो। तर यहाँ कयौं बर्ष बेरोजगार थियो केटो। आफ्नै देशमा पराई जस्तो थियो तर आज पराई देशमा कामको लागि न कसैको पाउमल्नु परेको छ न कसैलाई घुस खुवाउनु परेको छ। कामना छ उसको अमेरिका बसाई सुखद रहोस !
एकदिन केटोले घरमा सुझाए छ। कान्छोलाई पढाएर काम छैन आएल्स गराएर क्यानडा पठाउनुपर्यो । नेपालको जागिरले केही हुनवाला छैन।
तिनै दाइको  कान्छो छोरो पढ्नमा मेधावी छ। विज्ञान बिषयमा उत्कृष्ट अङ्कका साथ १२ कक्षा पास गरेको छ। हिजो सम्म असल इन्जिनियर बनेर देशको सेवा गर्ने लक्ष्य थियो । आज अङ्ग्रेजी भाषा सिकाउने ईन्स्टिच्युट्मा धाउदै छ। अब उसलाई इन्जिनियर बन्नुछैन बरु क्यानडा गएर डलर कमाउनु छ, छिट्टै धनी हुनुछ। दाइ जस्तै टन्न पैसा  कमाउनु छ।
यो प्रवृत्तिले देशलाई कहाँ पुर्याउछ? भावी सन्ततिको भविस्यलाई कहाँ पुर्याउछ ? प्रश्न पेचिलो छ।
किन लाखौं युवा वैधअबैध तरिकाले बिदेशीन बाध्य छ्न ? अखबारमा लाखौं रहादानी छापिएका समाचारहरु किन  आइरहन्छ्न ? के आफ्नै देशमा काम गरि खाना नपाउने अभिसप्त नेपाली हौं  हामी ? स्रोत साधन छ,  जनशक्ति छ, गोर्खाली आट र सहास छ। तर बिदेशीने नेपालीको लाम झन्झन् बढ्दो छ।
देशमै अवसर हुने हो भने कोही किन बिदेश जान्छ । आफन्तको न्यानो माया चटक्कै छोडेर मुग्लानी किन बन्छ। सरकार ! देशमै केहीगरि खाने वातावरण बनाइदेउ। जय देश ! जय मातृभुमी !
Nabintech