१० मंसिर २०८१, सोमबार
खानेपानी चुनाव: कोषाध्यक्षका उम्मेदवार धुर्ब आचार्य के भन्छन

  • टाइम्स संवाददाता

  • ४ श्रावण २०८०, बिहीबार १४:३४

कोहलपुर:श्राबण १२ गते कोहलपुरमा हुने कोहलपुर साना शहरी खानेपानी तथा उपभोक्ता संस्थामा कोषाध्यक्ष पदका आसा लाग्दा उम्मेदवार हुन धुर्ब आचार्य । उनले टेक नारायण भुषालको प्यानलबाट कोषाध्यक्ष पदमा मनोनयन दर्ता गर्ने लगभग शुनिश्चित भईसकेका कारण चुनावी रणणितीमा होमीई समेत सकेका छन ।
समय, काल र परिबेशले समेत युवाहरु रोजाई गरिरहेको बेला कतै पनि लाभको पद नलिएका आचार्य कोहलपुर क्षेत्रमा रहेर जेसिज जस्तो परोपकारी संस्थाको अध्यक्ष भएर एक कार्यकाल समेत ब्यथित गरिसकेका छन भने अन्य सामाजिक क्षेत्रमा समेत उनको उच्च योगदान रहेको छ ।

दैलेख जन्म घर भई कोहलपुरलाई कर्म क्षेत्र बनाएका आचार्यले उच्च शिक्षा समेत कोहलपुरमै पुरा गरेका हुन । कोहलपुरका तममा समस्या, बिकृति बिसंगतिसंग चिर परिचित आचार्यले आफनो युवा जोशलाई केहि गरौं भन्ने आँट र आत्म विश्वासले आसन्न चुनावी मैदानमा आफनो उम्मेदवारी रहने बताउछन ।

कोहलपुर साना शहरी खानेपानी तथा उपभोक्ता संस्थामा भएको भनियको अनियमिततालाई सुक्ष्म रुपले अध्यन गरि आर्थिक पारदर्शितालाई मुल एजेण्डा बनाएका आचार्यले खानेपानीको दिगो समस्या समाधानका लागि सम्पुर्ण शक्ति खानेपानीमा खर्च गर्ने बताउछन ।

उपयुक्त समयमा उपभोक्ताहरुको घरमा पानीको ब्यबस्था गर्दै समस्या सुनुवाईका लागि छुट्टै डेस्क समेत खडा गरि काम गर्ने सोच रहेको समेत बताउछन । संस्थाको बिधि बिधान र निति नियम भन्दा एक ईन्च पनि नचुक्ने गरि आर्थिक गतिबिधिलाई चलाएमान गराउदै स्टोर समेत चुस्त रहने गरि अभिलेखिकरण गरिने उनको मुख्य एजेण्डा रहेको छ ।

बिगतका कार्य समितीका जस्ता अनाबश्यक खर्च कटौती गरी मितब्यता र दोहोरो लेखा प्रणलीको माध्यमबाट सम्पुर्ण लेखा अभिलेखहरु कम्प्युटरकृत प्रणलिमा रुपान्तरण गरेर लेखा लाई पारदर्शि बनाउने उनमा हुटहुटी पैदा भएको छ ।

बोलेर भन्दा काम गरेर देखाउने क्षमता राख्न धुर्ब आचार्य खुराफाँत, चाप्लुसि प्रबृत्तीप्रति सजग रहदै सम्पुर्ण कागजातको अध्यन पश्चात मात्र आफुले चेकमा दस्तखत गरि कार्यालयलाई समेत तिब्र रुपमा चलाएमान बनाउने सोच रहेको बताउछन ।
कर्मचारीहरुको बृत्ती विकासदेखि आम उपभोक्ताहरुको पिर मर्का र गुनासो हल गर्ने नै आफनो पवित्र उद्धेश्य भएको बताउने आचार्य आफुलाई जिताउन समेत खानेपानीका उपभोक्ताहरुसंग आब्हान गरेका छन ।

Nabintech