कोहलपुर,बाँके: वातावरण संरक्षण गर्ने उद्देश्यले खजुरा वडा नं २ दुर्गा मन्दिर परिसरमा रोटरी क्लब अफ सेन्ट्रल बाँके र पुल्चोक युवा सञ्जालले संयुक्त रुपमा वृक्षारोपन कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा गोल्डेन सावर, बोटल ब्रस, बेल, निम, सर्पगन्धा, अमला, सितलचिनी, जामुन लगायतका बिरुवाहरु वृक्षारोपन गरिएको हो ।
रोटरी क्लब अफ सेन्ट्रल बाँके र पुल्चोक युवा सञ्जालको समन्वयमा रोट्रयाक्ट क्लब अफ नेपालगञ्ज मेडिकल कलेज र लायन्स क्लब अफ नेपालगञ्ज मिड टाउनको सहभागितामा खजुरा वडा नं २ दुर्गा मन्दिर परिसरमा ३५० बढि बिरुवाहरु रोपिएको रोटरी क्लब अफ सेन्ट्रल बाँकेका अध्यक्ष किशोर कृष्ण भण्डारीले बताए ।
रोटरी क्लब अफ सेन्ट्रल बाँकेका अध्यक्ष किशोर कृष्ण भण्डारीको अध्यक्षता एबं निवर्तमान प्रदेश सभासद बाबुराम गौतम तथा खजुरा गाउँपालिका वडा नं २ का वडा अध्यक्ष धनिराम वलीको आतिथ्यतामा भएको वृक्षारोपन कार्यक्रमको उद्घाटन सत्रमा बोल्ने वक्ताहरुले सामाजिक संस्थाहरुको सक्रियताले समाजमा आमुल रुपान्तरण गरेको बताएका थिए । उनीहरुले प्रत्येक सामाजिक संस्था एवं युवा क्लबको सक्रियताबाट नै समाजको मुहार फेर्न मद्धत गर्ने विचार ब्यक्त गरे ।
कार्यक्रममा पुल्चोक युवा सञ्जालका अध्यक्ष महेश खनाल, दुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बाबुहरी गौतम, लायन्स क्लब अफ नेपालगञ्ज मिड टाउनका अध्यक्ष बाबुतरुण गौतम, रोट्रयाक्ट क्लब अफ नेपालगञ्ज मेडिकल कलेजका अध्यक्ष सहारोज सिद्धीकिले संयुक्त रुपमा कार्यक्रम गर्दा एक आपसमा एकताको सन्देश प्रवाह भएको बताएका थिए ।
त्यस्तै कार्यक्रममा रोटरी क्लब सेन्ट्रल बाँकेका पुर्व अध्यक्ष बिश्व राम भण्डारी, प्रेसिडेन्ट इलेक्ट प्रचण्ड गौतम, सचिव बसन्त थापा, कोषाध्यक्ष ईश्वरी जंग मल्ल, सर्भिस प्रोजेक्ट प्रमुख बिमल कार्की, पब्लिक इमेज प्रमुख बिधान न्यौपाने र सदस्य गंगा सुवेदीज्यु सहित युवा क्लब र अन्य व्यक्तित्वहरुको समेत सहभागिता रहेको थियो।
कार्यक्रममा रोटरी क्लब अफ सेन्ट्रल बाँकेका अध्यक्ष किशोर कृष्ण भण्डारी, पुल्चोक युवा सञ्जालका अध्यक्ष महेश शर्माले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको भसहजिकरण सचिब बसन्त थापाले गरेका थिए।