९ मंसिर २०८१, आईतवार
”रातो भाले” उर्फ संजय मण्डल

सचिव पदमा निर्वाचित भए पहिलो प्राथामिकतामा आम उपभोक्ताको घरमा स्वच्छ सफा पानीमा पहुच पुरयाउने र कोहलपुरमा पानीको दिर्घकालिन समस्या समाधान गर्ने


  • टाइम्स संवाददाता

  • ९ श्रावण २०८०, मंगलवार ११:१६

कोहलपुर,बाँके:आम उपभोक्ताका घर आगनमा धारामा पानी नजाने अबस्था होस या समस्याको सुनुवाई नभएको अबस्था होस यथाशिघ्र खानेपानी कार्यालयमा गएर समस्या समाधानका लागि पहल गर्ने मात्र हैन खानेपानी संस्थामा हुने गरेका बिक्रिति, बिसंगति र अनियमितताका सवालमा सवाल जवाफ गर्दै युद्ध स्तरमा समस्या समाधान गर्ने ब्यक्ति हुन संजय मण्डल ।

उनले संस्थाको आठौं साधारण सभामा सदस्यहरुलाई झुक्कयाउदै बिभिन्न एजेण्डा पास गर्ने प्रपञ्च रच्न खोजेपछि तमाम प्रतिबेदनका बुंदामाथि प्रश्न गर्दै आर्थिक प्रतिबेदनमा भष्टाचारको गन्ध आएको भन्दै छानबिन हुनुपर्नेमा अडान समेत लिएका थिए ।

उनको अडान , उनको बुलंन्द आवाजको कदर गर्दै हलले ५ सदस्य रहने गरि आर्थिक छानकिन समिती समेत गठन गरेको थियो । एकातिर आठ बर्ष सम्म संस्थाको साधारण सभा हुन नस्कनु अर्को तिर आर्थिक प्रतिबेदनका हिसावकिताब गोलमोटल आउनुले आम सर्वसाधारणले असहमी जनाएपछि गठित छानविन समितीको प्रतिबेदन समेत सार्वजनिक गर्न आनाकान गर्दै बिभिन्न दवाफ सिर्जना भएपछि मण्डलले अर्ग मोर्चामा रहेर प्रतिबेदन सार्वजनिक नगरे सम्म भन्दै खानेपानीको कार्यलयमा अनिश्चितकालिन ताला बन्दि समेत गरेका थिए ।

अनेक तिगडम गर्दा पनि प्रतिबेदन सार्वजनिक नगरि चुनावी कार्यक्रम ल्याएपछि संजय स्वयमले युवाहरुसंगको सहकार्यमा कुनै पनि हालतमा प्रतिबेदन सार्वजनिक गरिनुपर्ने भन्दै अड्डि कसेका थिए । फलत प्रतिबेदन सार्वजनिक भएको थियो । त्यस लगतै खानेपानीका नाममा बिभिन्न मुद्धा परेपछि केहि पछि धकेलिएको कोहलपुर बृहत खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको चुनावी सरगर्मि बढदै गएको छ यो माहोलमा छन रातो भाले लिएर घरदैलो गर्दै संजय मण्डल ।

संजय मण्डललाई प्रस्तुत प्रतिबेदनमा समेत चित्त बुझेको छैन , जरैदेखि आर्थिक गतिबिधिलाई सतहमा ल्याउने मुख्य दायित्व बोकेर चुनावी अभियानमा होमिएका मण्डलले सचिव नै पद रोज्नुको कारण खुलाउदै भने सभा वा बैठकमा एउटा एजेण्डा पास हुने तर लेख्नेले बङग्याएर उपभोक्ताको हित बिपरीत माईन्युट गर्ने परिपाटिलाई चिर्न र खानेपानीका एजेण्डालाई यथार्त लिपिबद्ध गर्न आफनो सचिव पदमा दावि रहेको बताएका छन ।

समाबेशि स्वतन्त्र प्यानल बिष्णु प्रसाद तिवारी समुहबाट चुनावी मोर्चामा होमीएका मंडल आफु बास्तवमै स्वतन्त्र उम्मेदवार भएको दावि गर्छन । हाल सम्म कुनैपनि लाभको पद र राजनैतिक पदिय जिम्मेवारीमा नभएका उनी बरु खेल क्षेत्र र अन्य सामाजिक संघ संस्थामा भने आबद्ध रहेर काम गर्दे आएको बताउछन ।

आफु सचिव पदमा निर्वाचित भए पहिलो प्राथामिकतामा आम उपभोक्ताको घरमा स्वच्छ सफा पानीमा पहुच पुरयाउने र कोहलपुरमा पानीको दिर्घकालिन समस्या समाधान गर्ने गरि कार्ययोजना बनाई काम गर्ने बताएका छन ।

Nabintech