९ मंसिर २०८१, आईतवार
सह सचिव पदकी उम्मेदवार थापा को हुन

एकल महिलाहरुका मुद्दालाई शसक्त रुपमा उठाउँदै आएकी थापा यतिबेला उपभोक्ताको घरघरमा


  • टाइम्स संवाददाता

  • ११ श्रावण २०८०, बिहीबार १७:४२

कोहलपुर, बाँके: कोहलपुरकि यशोधा थापा , एकल महिलाहरुको लागि प्रेरणाको स्रोत हुन् । उमेरले भर्खरै ४५ वर्ष टेकेकी थापा बिहे गरेको केही बर्षमै बिदुवा भएकी थिईन । श्रीमान मारिदा उनको साथमा नावालक छोरा पनि थिए। २०५९ सालमा भदौ २३ गते अर्घाखाँचीको सन्धिखर्कमा भएको ससस्त्र द्वन्दकालको बेला सरकार पक्ष र बिद्रोहि पक्ष बिच भएको भिडन्तमा मारिएका थिए ।

उनका श्रीमान नेपाली सेनामा कार्यरत थिए। २५ बर्षको कलिको उमेरमा बिदुवा भएकी थापाले एक्लै धेरै संघर्ष गरेर छोरो लाई हुर्काउनु भयो । छोरोलाई हुर्काउन पढाउन धेरै संघर्ष गर्नु परेको संघर्षको कथा उनिले सुनाएकी छिन । एकल महिला बाँकेको सस्थापक सदस्य थापाले सिलाइ कटाई सिक्दै सिकाउदै अहिले यो स्थानसम्म आइपुगेकी हुन् ।

गाउँ समाजमा कसैको आखामा पनि नबिजाउने उनी समाजसेवामा नि उतिकै सकृय छिन । कोहलपुर १२ चपरगौडिमा बस्दै आएकी थापा श्रावण १२ गते कोहलपुरमा रहेको कोहलपुर बृहत् शहरी खानेपानी उपभोक्ता सस्थाको निर्वाचनमा ४ दलिय गठवन्धन सहितको साझा समाबेशी प्यानलका तर्फबाट सह – सचिव पदकी उम्मेदवार हुन् । अहिले सम्म सामाजिक क्षेत्रमा सक्रिय रहदै आएकी थापा पहिलो पटक यसरी निर्वाचनमा उत्रिएको हुँदा छुट्टै खालको उत्साह आफुमा थपिएको बताउछिन् ।

उनी निर्वाचनमा उम्मेदवार भैइरहदा आफुसङ्ग उपभोक्ता माझ धेरै प्रतिबद्धता केही नभए पनि सस्थाको जिम्मेवार पदमा पुगेपछी आफू जस्तै एकल महिलाहरुलाई शुद्द पिउने पानी सहज र सरल तरिकाले एकल महिलाहरु जस्को घरको आर्थिक अवस्था कमजोर छ उनिहरुको पहिचान गरि सरकारले बनाएको एक घर एक धाराको लक्ष्यलाई आत्मसाथ गर्दै आफुले यश क्षेत्रका एकल महिलाको लागि पानीमा शौलियत र छुट गर्न आफ्नो पहिलो प्राथमिकता रहेको बताएकी छिन।

एकल महिलाहरुको अधिकारको लागि बिभिन्न सामाजिक क्षेत्रमा उनी बिगत दुई दशकदेखी एकदमै सक्रिय रहदै आएकी छिन् । विषेश गरी एकल महिलाहरुका मुद्दालाई शसक्त रुपमा उठाउँदै आएकी थापा यतिबेला उपभोक्ताको घरघरमा आफु लगायत आफ्नो प्यानललाई जिताउन लागिपरेकी छिन् उनको चुनाव चिन्न तालाचावी रहेको छ।

Nabintech