कोहलपुर,बाँके: इलाका प्रहरी कार्यालय कोहलपुरले चोरीको मोटरसाईकल सहित एक जना पक्राऊ परेका छन। कोहलपुर नगरपालिका वडा नं.०९ बाँके बस्ने बर्ष २४ का अरुण बर्नवाललाई चोरी भएको २ थान मोटरसाइकल सहित पक्राऊ गरिएको इप्रका प्रमुख डिएसपी सुन्दर तिवारीले जानकारी दिए।
उनका अनुसार, साउन ८ गते राति अन्दाजी १०:३० बजेको समयमा जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं.११ बस्ने होमनाथ आचार्यको घरमा पार्किङ गरी राखेको भे ११ प २२९२ नं.को मोटर साईकल र साउन १० गते बिहान १७:३० बजेको समयमा बाँके कोहलपुर नगरपालिका १४ घर भई कोहलपुर नगरपालिकामा सव ईन्जिनियर पदमा कार्यरत तारा बहादुर खत्रीको भे १ ब. १७६५ नं.को मोटर साईकल चोरी भएको थियो ।
उक्त चोरीको मोटरसाइकल सहित बर्नवाललाई पक्राऊ गरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भईरहेको डिएसपी तिवारीले बताए।