काठमाण्डाै: आज कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् राजु प्रधानाङ्गका अनुसार आज दिउँसो बाग्मती, गण्डकी र लुम्बिनीका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।
यस्तै, राति कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । अन्य क्षेत्रमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालमा अहिले मनसुन सक्रिय भएको छ । अहिले देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहेको छ ।
गएराति कोशी र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी परेको थियो । त्यस क्षेत्रका खोला नालामा बाढीको जोखिम बढेकाले सतर्कता अपनाउन मौसमपवद्को आग्रह छ ।