२१ कार्तिक २०८१, बुधबार
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको अध्यक्षमा मल्ल निर्वाचित

  • टाइम्स संवाददाता

  • १७ श्रावण २०८०, बुधबार ११:१२

खजुरा,बाँके:सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको अध्यक्षमा महेन्द्र मल्ल निर्वाचित भएका छन् । अस्पतालको बुधवार सम्पन्न अधिवेशनले मल्लको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनले वरिष्ठ उपाध्यक्षमा सुदिप पौडेल, उपाध्यक्षमा शेरबहादुर बिसी, महासचिवमा विवेक लामिछाने, सचिवमा लेखनाथ सापकोटा, कोषाध्यक्षमा तारामणि अधिकारी र सह–कोषाध्यक्षमा जिवनाथ सापकोटा चयन भएका छन् ।

सर्वसम्मत नेतृत्व चयन भएकोमा निवर्तमान अध्यक्ष किस्मतकुमार कक्षपतिले हार्दिक धन्यवाद दिएका छन् । उनले १८ वर्षसम्म लगातार नेतृत्व गरेर सर्वसम्मत नेतृत्व चयन गरि हस्तान्तरण गर्दा अत्यन्त खुसी लागेको उनले बताएका छन् । नवनिर्वाचित अध्यक्ष मल्लले अस्पतालको बृहत्तर विकासका लागि आफूले सक्दो प्रयास गर्ने बताउँदै क्यान्सरको सम्पूर्ण उपचार खजुरामा हुने ब्यवस्था मिलाउने प्रतिवद्धता जनाएका छन् ।
खजुरास्थित क्यान्सर अस्पताल धार्मिक कार्यक्रम गरि संकलन भएको रकमबाट सुरुवात भएको हो । उक्त अस्पतालले अहिले क्यान्सरसँग सम्बन्धित रोगको उपचार गर्दै आएको छ ।

Nabintech