८ मंसिर २०८१, शनिबार
समाचार र बिचारबाट उब्जिएका केहि प्रश्न

निजि बिचार


  • प्रमोद रिजाल

  • १९ श्रावण २०८०, शुक्रबार १२:२२

 

अभिव्यक्ति स्वतन्त्रता नेपालको संविधानले दिएको अधिकार हो। सञ्चारको विकासले आज विश्व एउटा गाउँको रुपमा परिवर्तन भएको छ। सञ्चार माध्यम समाजका ऐना हुन । समाजको यथार्थ अवस्थाको प्रतिबिम्ब देखाइदिनु सञ्चार माध्यमको आधारभुत मूल्य र धर्म हो। विश्वबिख्यात लेखक सलमान रुज्दीले भनेका छ्न कलम जीबीहरुको कलमले बन्दुकको गोलि छेक्न नसक्ला, बम निष्क्रिय पार्न नसक्ला तर त्यो कलम त्यति निरीह छैन, यसले त सत्यको गीत गाउन सक्छ र बदमाशहरुलाई बदमाश भन्न सक्ने ल्याकत राख्न सक्छ।

मुलुक गणतन्त्रमय छ । हिज राजाका पालाको जस्तो अभिब्यक्ति स्वतन्त्रता, वाक स्वतन्त्रतामाथि फेरी पनि धावा बोलिंदै छ । राजाको कदम बिरुद्ध केन्द्रमा आन्दोलन गर्दा ७ दलका ७ नेताको अबस्थामा पुगेर सक्कीसकेका दलहरु पलाएका छन । गाउ गाउमा छोटे राजाहरुको जन्म भई रहेको छ । हिज फ्रन्टलाईनमा आन्दोलको मशाल समाएको प्रेस जगतलाई लल्कार्दै केहि आफुलाई राजाको शैलि दिन किन आतुर छन ।
बिचारलाई समाचार भन्छन र भन्छन समाचारलाई बिचार । बिचार र समाचार समेत छुट्टयान सक्ने ल्याकत नराख्नेहरु दुलोभित्रका सापहरुलाई जिस्काउछन उनीहरुको ब्यक्तिगत जिवनसंग कुनै लेनदेन नहोला तर सार्वजनिक पद धारण गरि सकेपछि आलोचना खेप्न सक्नुपर्छ । देशमा बढि गालि र तालि खोने असल नेताहरु पनि छन । एउटा समाचारले एउटा बिचारले कतिको असर गर्छ त्यस्को उदाहरण धेरै छ्न नियाल्दा फरक नर्पला ।

सार्वजनिक पद सधैका लागि हुन्न सत्ताको स्वाद सधैलाई हुन्न शक्तिशालिहरु समेत पतन हुन्छन र बिलाउछन यो समाजमा बस्न नसकेर । त्यो नहोस त्यस्तो हुनु हुदैन । हिज खुम बहादुर जस्तो शक्तिशालि को थियो ? समय समयकी बात मुर्गि मारी लात यस्तै हो चलिरहन्छ । हिज मरिचमान जस्तो शक्तिशालि को थियो ?  हिज राजा ज्ञानेन्द्र जस्ता बलिया को थिए । हिटलरले समेत बिश्वको शक्तिशालि बन्ने चेष्ठा राख्थ्यो यी सबै फगत साबित भए ।

एडल्फ हिटलर अस्ट्रियामा जन्मिएका जर्मन राजनीतिज्ञ तथा राष्ट्रिय समाजवादी जर्मन मजदुर पार्टी नेता थिए । विश्वका क्रूर शासकहरूमा गनिने उनी सन् १९३३ देखि सन् १९४५ सम्म जर्मनीका चान्स्लर तथा १९३४ देखि १९४५ सम्म नाजी जर्मनीका शासक थिए । अन्तत उनी नाजीबाद तथा दोश्रो विश्वयुद्ध शुरू हुनुका केन्द्रीय पात्र भए ।

यहा उठाउन खोजिएको हिटलर जस्ता पात्र त स्खलित हुन्छन भने सामान्य  नेता भएकाहरु हिटलरको शैलि अपनाउदै जाने हो भने पतन निश्चित हुन्छ । भेडा भेडासंग बाख्रा बाख्रा संग बस्ने हो आहार विहार समेत आफु अनुकुल गर्ने हो तर अरुको पेशा प्रति धमिलो पानीमा ढुगां हानेर तरंगित पार्नु किमार्थ फाईदाजनक हैन । कसैको ब्यक्तिगत जिवनसंग मिडिया हाउसको कुनै लेन देन हुदैन । निजले गर्ने बिचारको राजनितीलाई समेत मिडियाहरुले नजर अन्दाज किमार्थ गर्न सक्दैनन तर पात्र र प्रबृत्तीको भने पानी मुनि गएका मुद्धाहरु उदिनेर सतहमा ल्याउने पुलको काम भने नगर्ने हैनन ।

पहिले समाचार के हो ?  बिचार के हो ? राजनितिक आचरणको ब्यक्तिमा एक सामान्य नागरिकको तुलनामा बढि धैर्यता, सहाशिलता, बिनम्रता सहित आलोचनात्मक चेत हुन जरूरि हुन्छ । तर आजभोलीका नेतामा यी गुण त परको कुरा सामान्य शिष्टाचारको शैली समेत हराउँदै गएको छ । सामान्य आलोचना सहन नसकेर सामाजिक संजालमै शितयुद्द छेड्न तम्सिने  नेताका लागि सार्वजनिक पद दुईदिनको घामछाँया हो भन्ने चेत किन नखुलेको होला ?

। पत्रकारीता बिश्वब्यापि हुन्छ । २० बर्ष अघि पनि स्थानिय पत्रकार २० बर्ष पछि पनि स्थानिय पत्रकार । पत्रकार स्थानिय, राष्ट्रिय र अन्तराष्ट्रिय हुदैन । यत्ति पनि हेक्का नराख्ने हो भने भोलि अमेरीका गएर राजनिती गर्ने हो र थलो त यहि होला हैन र ?

राजनितिप्रतिको बितृष्णाका कारण गएको निर्वाचनमा धेरै ठाउमा स्वतन्त्र तथा स्वतन्त्र कहलिएका उम्मेदवारहरूले बाजि मारे । बैकल्पिक नेतृत्वको खोजिमा रहेका मतदाताहरूले समेत खुलेर उनिहरूलाई मतदान गरे । जसका कारण पुराना भनिएका राजनितिक दल र नेताहरू जनतातर्फ फर्कनुपर्ने अवस्थामा पुगेका छन । जनमत र संचारका आम माध्यमको प्रभाव यति गहिरो हुन्छ भन्ने ठेक्का समयमै राखेको भए पुराना दलको अहिलेको अवस्था बेग्लै हुन्थ्यो होला । तर ढिलै भए पनि त्यसको ज्ञात गराईदिने काम संचारमाध्यमले गरेको कुरा घाम जस्तै छर्लङ्ग छ ।

समय परिवर्तनशिल छ । आज महत्त्वपूर्ण र उपलब्धिमुलक मानिएका विषय पनि भोलि सामान्य हुन पुग्छन । जसले समयसँगै आफुलाई परिवर्तनको मार्गमा ड्योर्याउन सक्छ त्यो नै चिरकालसम्म स्मरणीय रहन्छ । जडशुत्रमा अल्झिएर तानाशाहि प्रवृत्तिको आडमा बल मिचाई गर्नेहरू एकदिन अवश्य ढलेर जानेछन ।

Nabintech