१० मंसिर २०८१, सोमबार
त्रिमाविमा स्ववियुको ताला

  • टाइम्स संवाददाता

  • १९ श्रावण २०८०, शुक्रबार १३:०१

कोहलपुर,बाँके: बाँकेको कोहलपुर नगरपालिका वडा नं. १० मा रहेको त्रिभुवन नमुना माध्यामिक बिद्यालयमा स्वतन्त्र बिद्यार्थी युनियन बागेश्वरी बहुमुखि क्याम्पसले ताला बन्दि गरेको छ । स्यानेटरी प्याडमा अनियमितता भएको भन्दै नेकपा बहुमत सर्मथित बिद्यार्थी संगठनको ताला नखुल्दै बिद्यालय प्रसासनमा अर्को ताला लागेको हो ।

बेला बेला बिबादमा आई रहने कोहलपुर त्रिभुवन माबिमा अध्यन गर्ने केहि बिद्यार्थीहरुले निशुल्क पाउनु पर्ने पाठयपुस्तक बाहिर बाट किन्नु पर्ने र सुगम भएपनि साउन अन्तिम हुदा सम्म बिद्यार्थीहरुका हात हातमा पाठयपुस्तक पुग्न नसकेको भन्दै स्ववियुले बाध्य भएर ताला बन्दिको कार्यक्रम गर्नु परेको स्ववियु अध्यक्ष देबेन्द्र बुढाले कोहलपुर टाईम्ससंग कुराकानिका क्रममा भने ।

धेरै चरणमा कुरा भए तर सुनावाई भएन सकारको निती कक्षा १० सम्म निशुल्क पाठयपुस्तक दिने छ तर कोहलपुरको मुटुमा रहेको त्रिमाविले आफना बिद्यार्थीहरुका लागि निशुल्क पाठयपुस्तक दिन नसक्नु र बाहिरबाट किनेर अध्यन गर्नुपर्ने बाध्यकारी ब्यबहार गरेका कारण बिद्यार्थीहरुका आधारभुत अधिकारमा समेत बिद्यालयले वेवास्ता गरेको भन्दै बिद्यार्थीका माग पुरा नहुन्जेल ताला नखुल्ने स्ववियु श्रोतले बताएको छ ।

यस अघि सामाजिक सञ्जालमा सेनेटरी प्याड खरिदमा अनियमितता भएको गुणस्तरहिन सेनेटरी प्याड खरिद गरिएको बिषय उठेपछि बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष रतन बहादुर बुढा, प्रधानाध्यापक देबका वस्नेत थापा, शिक्षक अभिभावक संघका प्रेम नारायण पौडेल र बिद्यालय ब्यबस्थापन समितीका सदस्य कुल प्रसाद भट्टराई, नरेश जंग अर्यालले एक बिज्ञप्ति निकाल्दै सेनेटरी प्याड खरिद नगरिएको तर खरिदका लागि असार २७ गते निर्णय अनुसार खरिद प्रक्रिया अगाडि बढाईएको उल्लेख गरेका थिए । तर बिद्यार्थी संगठनले खरिद भएको भन्दै स्यानेटरी प्याड राखेको कोठामा ताला बन्दि गरेको थियो ।

आज शुक्रबार पाठयपुस्तक वितरणमा अबिलम्ब ढिला गरेको र बाहिरबाट किनेर ल्याउनुपर्ने बाध्यकारी कदमका बिरुद्ध गरिएको तालाबन्दिका क्रममा बिद्यालयका केहि कर्मचारीहरुले बिद्यार्थी नेताहरुसंग बाझिएपछि बिद्यार्थी नेताहरु थप आक्रोशित भएका थिए । बिद्यालयमा अध्यनरत बालबालिकाहरुलाई आफनो हक अधिकारका बारे सुसोचित पार्ने क्रममा बिद्यालयका अनुशासन ईन्चाज समेत रहेका शिक्षक नवल यादवले बाहिर निस्के बिद्यार्थीका खुट्टा भाच्ने सम्मका शब्द प्रयोग गरेपछि शान्तिपुर्ण बिद्यार्थीहरुको आन्दोलनले चर्को रुप लिएको थियो ।

यसै गरि बिद्यार्थीहरुका जायज मागबारे बिद्यालयका प्रधानाध्यापकलाई पटक पटक भनेको र समस्या समाधान गर्न आग्रह गर्दा पनि मागको सुनुवाई नभएपछि गरिएको तालाबन्दिका बिषयमा कर्मचारीहरु ईन्द्र बिसि र देवसिंह राना प्रतिबादमा उत्रिएपछि बिद्यार्थी नेताहरु थप अक्रोशित भएका थिए ।

स्यानेटरी प्याडमा भएको अनियमितता पर्दाफास गर, नेपाली र अंग्रेजी माध्यममा लिने शुल्कमा समानता गर, पाठयपुस्तक पाउने अधिकार सुनिश्चित गर जस्ता नारा सहितका प्ले कार्ड बिद्यालयका भित्ताहरुमा टाँस्दै बिद्यार्थीहरुले बिरोध जनाएका थिए ।

 

Nabintech