कोहलपुर,बाँके: बाँकेको कोहलपुर नगरपालिका वडा नं. १२ मा रहेको सिर्जना सामुदायिक बनले गरेको सामुहिक कागति खेतीबाट समुहले मनग्गे आम्दानी गर्दै आएको सामुदायिक बनका उपभोक्ताहरुले बताएका छन ।
२०६५ सालमा बनको खालि एक हेक्टर जग्गामा बिभिन्न प्रजातीका कागति लगाई गरिएको सामुहिक खेतीमा १३७ जना उपभोक्ताहरु लाभवान्भित हुदै आएको सिर्जना सामुदायिक बनका अध्यक्ष सुमन पौडेलले कोहलपुर टाईम्सलाई बताए ।
बन्य जन्तुबाट हानी समेत नहुने भएपछि कागति खेतीमा हात हालेको बताउदै अध्यक्ष पौडेलले सट्ले, सुन कागति भोगटे जस्ता १००० बिरुवाबाट राम्रो उत्पादन भईरहेको बताए ।
यस सिजनमा फल लागेको कागति उपभोक्ताहरुलाई बाँडफाँट गरिएको छ आज शनिवार मात्र ९२ जना उपभोक्ताहरुलाई ७ किलोका दरले कागति बाँडफाँट गरिएको छ भने अन्य ४५ जनालाई पनि सोहि मात्रामा वितरण गरिने अध्यक्ष पौडेलले भने ।
अन्य बालि जस्तो संधै हेर बिचार गोडमेल समेत गर्नु नपर्ने र बंधेल, बाँदर जस्ता जनावरले कागतिबालिलाई सितिमिती नोक्शान नपुरयाउने भन्दै उपभोक्ताहरु थप बनको खालि जग्गामा कागति खेती गर्न हौसियका छन । यस बर्षको कागती एक तिहाई मात्र टिपिएको र अझै दुई भाग टिप्न बाँकी रहेको भन्दै सामुदायिक बनले आफैले समुहमा आम्दानी नबाँधेर सिधै उपभोक्ताहरुलाई बितरण गरेको हो ।
उपभोक्ताहरुको परेको पसिना र श्रमको मुल्य नगद दिनु भन्दा कागति नै वितरण गरेपछि उपभोक्ताहरुले आफनो ईच्छा अनुसार बजार बिक्रि गर्ने वा घरमै रस निकालेर पछिको लागि राख्ने भन्ने निर्णय उपभोक्ताहरुलाई नै छोडेर कागति वितरण गरिएको अध्यक्ष पौडेल बताउछन ।
१३७ उपभोक्ता रहेको यस सिर्जना सामुदायिक बनमा एक सदस्य बराबर २० किलो कागति वितरण हुने प्रक्षपण गरिएको छ भने यसको बजार मुल्य करीव ३००० हुन आउने अध्यक्ष पौडेलको भनाई छ ।