७ मंसिर २०८१, शुक्रबार
बाँकेकी प्रेसु मिस टिन इण्डियाको ग्रान्ड फिनालेमा

  • टाइम्स संवाददाता

  • २० श्रावण २०८०, शनिबार १४:४३

नेपालगञ्ज : बाँकेकी एक किशोरी भारतको राजधानी नयाँ दिल्लीमा आयोजना हुने एली क्लब मिस्टर एन्ड मिस टिन इण्डियाको ग्रान्ड फिनालेका लागि छनोट भएकी छन् ।

नेपालगञ्ज निवासी १७ वर्षीय प्रेसुसिंह थारूले भारतको कानपुरमा पहिलो अडिशन र नयाँ दिल्लीमा भएको सेमिफाइनल चरण पार गर्दै ग्रान्ड फिनालेमा स्थान बनाउन सफल भएको उनकी आमा यामु बुढाक्षेत्रीले बताइन् । ग्रान्ड फिनाले आगामी भदौ २ गते नयाँ दिल्लीमा आयोजना हुने छ । त्यसअघि करिब एक साताको बन्द प्रशिक्षण सञ्चालन हुने छ ।

नेपालगञ्जको आदर्श माविमा अध्ययनरत प्रेसु सानैदेखि नृत्यमा सोखिन थिइन् । उनी नेपालगञ्जमा भएको नेपालगञ्ज रन वे सिजन–२ मा मोस्ट ब्युटिफुल र बेस्ट ड्रेसको अवार्ड जित्न सफल भएकी थिइन् । प्रेसुसिंहले मिस टिन इण्डियाको ग्रान्ड फिनालेका लागि छनोटमा परेपछि आफू निकै उत्साहित भएको जनाउँदै घरपरिवारको साथ र सहयोगकै कारण विभिन्न प्रतियोगिता र इभेन्टमा सहभागी हुने र सफलता पाउने गरेको बताइन् ।

Nabintech