१० मंसिर २०८१, सोमबार
रोल्पा बस दुर्घटनामा परि ४ जनाको मृत्यु, १९ घाइते

  • टाइम्स संवाददाता

  • २३ श्रावण २०८०, मंगलवार १६:१५

तुलसीपुर : रोल्पाबाट दाङतर्फ आउँदै गरेको बस दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी ३ पुरुष र १ जना महिला गरी ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

दुर्घटनामा परी मृत्यु हुनेको माडी गाउँपालिका-२ का २२ वर्षीय प्रकाश बाठा, माडी गाउँपालिका-४ का ५१ वर्षीय गोरख डाँगी, उनकी श्रीमती ५० वर्षीया हस्ता डाँगी र परिवर्तन गाउँपालिका-३ का ४६ वर्षीय भक्तबहादुर विक रहेका छन्।

यसैगरी दुर्घटनामा १९ जना घाइते भएका छन्। घाइतेमध्ये ७ जनालाई उपचारका लागि दाङतर्फ ल्याइएको छ। रोल्पाको परिवर्तन गाउँपालिकाको बाघमाराबाट दाङको घोराही आउँदै गरेको ना ५ ख २६१२ नम्बरको बस मंगलबार दिउँसो १ बजेतिर त्रिवेणी गाउँपालिकाको-७ ऋचि मोडमा दुर्घटनामा परेको हो। बस सडकबाट करिब १०० मिटर तल खसेको थियो।

Nabintech