७ मंसिर २०८१, शुक्रबार
इनिग्माका विद्युतीय स्कुटरको शोरुम कोहलपुरमा

  • टाइम्स संवाददाता

  • २४ श्रावण २०८०, बुधबार १५:४७

कोहलपुर,बाँके :कोहलपुर ११ न्युरोड गोलपार्क नजिक  ईनिग्माका बिद्युतिय स्कुटरको शोरुम सञ्चालनमा आउने भएको छ । कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदी तथा उद्योग वाणिज्य संघ कोहलपुरका अध्यक्ष लक्षमणराज पौडेलले संयुक्त रूपमा रिवन काटेर उदघाटन गरेसंगै सो रुम सञ्चालनमा आउने भएको हो ।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख सुवेदीले कोहलपुर विकशित शहरका रूपमा चित्रित हुदै गईरहेको. परिप्रेक्षमा व्यापारिक केन्द्र हुनु सुखद कुरा भएको औंल्याउदै विभिन्न सवारी साधनका डिलरहरु खुल्दै जानुले संबृद्ध नगरको रुपमा परिकल्पनाले सार्थकता दिनेमा जोड दिईन ।
अब कोहलपुरबासीहरु कुनैपनि सामान खरिद गर्न नेपालगञ्ज जानु नपर्नेगरि सुविधा सम्पन्न कोहलपुर हुँदै गएको भन्दै उप प्रमुख सुबेदीले उपभोक्ताहरुले समेत स्थानिय बजार प्रर्बद्धनमा टेवा पुरर्याउन पर्ने बताईन ।

कार्यक्रममा उद्योग वाणिज्य संघ कोहलपुरका अध्यक्ष लक्षमणराज पौडेलले शो रुम खुल्नु कोहलपुर बासिका लागि मात्र नभई लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशको केन्द्रविन्दुमा रहेकोले सबैको सहजता हुने वताए । आजको पेट्रोलको भाउ निकै बढेको समयमा आम उपभोक्ता लाई निकै सस्तो दर र इलेक्ट्रिकल माध्यमको गाडी चढ्नु आजको आवश्यकता भएको वताए ।

कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघका पुर्व केन्द्रिय सदस्य चक्र अधिकारीले शोरुमबाट इलेक्ट्रिकल गाडी निकै सहज रूपमा विना झन्झट चढ्न पाईने भएकोले आफू लाई निकै गर्व महशुस भएको बताए । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति नारायण प्रसाद गौडेल, प्रदेश ुखु सभापति बलाराम शर्मा, उप प्राध्यापक एकराज शर्मा लगायतको उपस्थित रहेको थियो ।

Nabintech