२१ कार्तिक २०८१, बुधबार
अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस कोहलपुरमा प्रभातफेरी

आदिवासी युवाको सक्रियता र सशक्तीकरणमा यस वर्षको विशेष जोड


  • टाइम्स संवाददाता

  • २४ श्रावण २०८०, बुधबार १६:१९

कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा नेपाल आदिवासि जनजाती महासंघ कोहलपुर नगर कमिटीको आयोजनामा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ ।
बिभिन्न आदिवासि जनजातीका भेषभुषा सहित कोहलपुरको न्युरोडबाट शुरु गरिएको प्रभातफेरीले नगरका बिभिन्न भाग परिक्रमा गरेको थियो । आदिवासी जनजाति एक होऔं, आदिवासी जनजाति दिवस सफल पारौं, आदिवासी जनजातिमा सहभागि बनौं जस्ता नारा लगाउदै थारु तथा मगर भेषमा सजिएका आदिवासी जनजातिहरुले आफना अधिकारका लागि एक हुनुपर्ने सन्देश सहित बजारको परिक्रमा गरेको बताए ।

‘इन्डिजिनियस यूथ एस अगेन्सट् अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’ नाराका साथ यस वर्ष कोहलपुर नेपालगञ्ज लगाएत देशभरि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउईएको छ । नाराको अर्थ आफूले निर्धारण गरे अनुरूपको परिवर्तनको संवाहक आदिवासी युवाहरू भन्ने हुन्छ । आदिवासी युवाको सक्रियता र सशक्तीकरणमा यस वर्ष विशेष जोड दिइएको नेपाल आदिवासी जनजाति महासङ्घले जनाएको छ ।

सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसङ्घको साधारण सभाले अगस्त ९ तारिखलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि बढाएको हो ।संयुक्त राष्ट्रसङ्घले यसअघि नै सन् १९९४ देखि सन् २००४ सम्म आदिवासी दशकका रूपमा ‘कर्म र मर्यादाका लागि दशक’ नाराका साथ आह्वान गरेको थियो ।

Nabintech