कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा रहेको ईलाका प्रहरी कार्यालयले बिभिन्न समयमा बिभिन्न ब्यक्तिहरुबाट बरामद गरिएका लागु औषधका पोकाहरु आगो लगाई नष्ट गरेको छ ।
कोहलपुर वडा नंं ११ का वडा अध्यक्ष कल्पना अधिकारी, नागरिक उन्मुक्ति पार्टिका नेता भुम भण्डारी, रास्वपा नेता आनन्दबाबु काफ्ले, भरत पनेरु, बैजनाथका राजु रुचाल, पत्रकार महासंघ बाँकेका कार्यबहाक अध्यक्ष संगिन शर्मा, प्रेस सेन्टरका अध्यक्ष राजेश आचार्य पत्रकारहरु प्रमोद रिजाल, प्रदिप वाग्ले, रबिन्द्र सिंह ठकुरी, पुष्पराज हमाल लगाएतको रोहवरमा विगत १ बर्ष देखि मुद्धा टुङ्ंगो नलागेका लागु औषधलाई लाह छाप लगाएर स्टोरमा राखिएकोमा मुद्धा किनारा लागेपछि नष्ट गर्ने कार्य भएको कोहलपुर प्रहरी प्रमुख सुन्दर तिवारीले बताए ।
साक्षि र मुचुल्का सहित बिभिन्न खाममा राखेका एक बोरा जति लागु औषध नष्ट गरिएको हो । कोहलपुर ईलाका कार्य क्षेत्रभित्र शंकास्पद ब्यक्ति दागु औषध खोज र नष्ट गर अभियान चलाएको प्रहरीले बेला बेला लागु औषध प्रयोगकर्ता तथा बेच बिखन गर्नेहरुलाई नियन्त्रणमा लिंदै लागु औषध रहित कोहलपुर निर्माणमा अहम भुमिका खेल्दै आएको छ ।