नेपालगञ्ज : नेपाल प्रेस युनियन बाँके शाखाको १२ औं जिल्ला अधिबेशन शनिवार नेपालगञ्जमा हुँदैछ । अधिबेशनको शनिवार नेपालगञ्जस्थित जिल्ला समन्वय समितिको हलमा नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले उदघाटन गर्ने भएका छन् ।
अधिबेशनलाई बिशेष चासोका साथ हेरिएको छ । अधिबेशनबाट एक जना अध्यक्ष चयन हुने छन् । अहिलेसम्म प्रियास्मृति ढकाल र चेतकान्त भट्टराई बीच प्रतिस्पर्धा हुने देखिएको छ ।
अधिबेशनका लागि उपाध्यक्षमा कमल खत्री, सचिवमा भीष्म लोध, कोषाध्यक्षमा खडक खत्रीको नाम चर्चामा छ भने भट्टराई समूह तर्फबाट बर्तमान सचिवमा बिजय मल्ल र कोषाध्यक्षमा मधु पौडेल उम्मेदवार बन्ने चर्चा छ ।
त्यस्तै ढकाल समुहबाट सदस्यका उम्मेदवारहरुको अन्तिम नामको टुंगो शुक्रवारनै लागिसक्ने सचिव पदका उम्मेदवार लोधले बताए ।अधिबेशन शनिवार बिहान साढे ११ बजेदेखि शुरु हुनेछ ।