१० मंसिर २०८१, सोमबार
बाल ज्योती स्कुल फिल्ड जिन बैंकको बिधिबत उदघाटन

जिन बैंकमार्फत बिद्यार्थीहरुले बोटविरुवाबारे संरक्षण बैज्ञानिक अनुसन्धान र पर्यापर्यटनलाई समेत योगदान गर्नेछन


  • टाइम्स संवाददाता

  • २६ श्रावण २०८०, शुक्रबार १८:४७

कोहलपुर, बाँके : बाँके कोहलपुर १२ मा रहेको सिर्जना सामुदायिक वन र बाल ज्योती सेकेण्डरी स्कुल बिच भएको सम्झौता बमोजिम बाल ज्योती स्कुल फिल्ड जिन बैंकको आज शुक्रबार बिधिबत उदघाटन सम्पन्न भएको छ ।

ईलाका सव डिभिजन बन कार्यालयका प्रमुख राज वहादुर चौधरीको प्रमुख आतिथ्यतामा सिर्जना सामुदायिक बनको क्षेत्रमा आँप तथा लिचिका विरुवाहरु लगाउदै बाल ज्योती फिल्ड जिन बैंकको शुरुवात गरिएको हो । बिद्यालयका शिक्षक, बिद्यार्थी सामुदायिक वनका उपभोक्ता सहित करीव ५०० जनाको उपस्थितीमा बृक्षारोपन गरिएको बिद्यालयले जनाएको छ ।

सामुदायिक जीन बैंक सञ्जालका अध्यक्ष परमल बस्नेत, सिर्जना सामुदायिक वनका अध्यक्ष सुमन पौडेल, बिद्यालयका प्रधानाध्यापक दामोदर पौडेल लगाएतले मौवा, लिचि, आँप, लिचि, अम्बा अमला लगाएत ५० बढि बिरुवा रोपेर बाल ज्योती स्कुल फिल्ड जिन बैंकको स्थापना गरिएको हो ।

बोटविरुवाको महत्व, संरक्षण बैज्ञानिक अनुसन्धान तथा रोप्ने तरिकाबारे कार्यक्रमका प्रमुख अतिथी राज वहादुर चौधरीले उपस्थित बिद्यार्थीहरुलाई स्मरण गराएका थिए । उनले आजका विद्यार्थी भोलिका यीनै वनका उपभोक्ता हुन सक्ने भन्दै रथाने र लोपउन्मुख विरुवा संरक्षण गरिनुपर्ने आजको आबश्यकता रहेको बताए ।

जीन बैंक सञ्जालका अध्यक्ष परमल वस्नेतले जलिय किट , बनस्पति बालि फलफुल लगाएतका विरुवाहरुको संरक्षणमा जोड दिंदै जीन बैंकले बिद्यार्थीहरुको अनुसन्धान क्षमता बृद्धि हुदै जाने र पर्यापर्यटनमा समेत टेवा पुग्ने बताए । सिर्जना सामुदायिक वनका अध्यक्ष सुमन पौडेलले बिद्यालय र वन बिच निरन्तर सहकार्य रहने भन्दै बिद्यालय परिवार आफनो वनसंग जोडिएको खुशि ब्यक्त गरे ।


बिद्यालयका सल्लाहकार मधु सुदन न्यौपाने, प्रिन्सिपल दामोदर पौडेल,सहायक प्रिन्सिपल चिरिञ्जीवी सुबेदी, शिक्षका कमला वलि, लगाएतले आ आफनो धारणा राखेको उक्त कार्यक्रमको संयोजन कमल बुढाक्षेत्रिले गरेका थिए ।

Nabintech