कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा रहेको सामुदायिक सेवा केन्द्र बाँकेको आठौ साधारणसभा बाट सनत कुमार रेग्मी अध्यक्ष पदमा निर्बिरोध चयन भएका छ्न।
आगामी कार्यकालका लागि उपाध्यक्ष मन्जु कोइराला , सचिब रबि रोकाय, कोषाध्यक्षमा ओमजङ शाही चएन भएका छन भने सदस्यहरुमा क्रमशः गङगा राम थापा,कल्पना तिमिल्सिना , बल बहादुर बिसि,बिष्णु प्रसाद ढकाल र बिनोद सिंह सामन्त रहेका छ्न। । संस्थाका अध्यक्ष बिष्णु प्रसाद बेल्वासेको अध्यक्षतामा भएको सभाले सभामा प्रस्तुत आर्थिक तथा प्रगती प्रतिबेदन पारित गर्नुका साथै नया कार्य योजना समेत पारित गरेको छ।
संस्थाको प्रगती प्रतिबेदन सचीव शिव प्रसाद डागी र आर्थिक प्रतिबेदन कोषाध्यक्ष सनत कुमार रेग्मिले प्रस्तुत गरेका थिए । केन्द्रले बिगत १ दशक देखि सामुदायिक रेडियो कोहलपुर एफ एम तथा एम्बुलेन्स सेवा प्रदान गर्नुका साथै विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ।