१० मंसिर २०८१, सोमबार
बाँकेमा करेन्ट लागेर एक युवकको मृत्यु

  • टाइम्स संवाददाता

  • २७ श्रावण २०८०, शनिबार ०९:४५

बाँके: बाँकेमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।  आइस्क्रीम बेच्ने रिक्साको चार्जर निकाल्ने क्रममा करेन्ट लागेर बाँकेको जानकी गाउँपालिका वडा नं.५ स्थित रामगाउँका २९ वर्षीय सोनु इद्रिसीको मृत्यु भएको हो ।

आइसक्रिम रिक्साको चार्जिङ्ग तार निकाल्ने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । उपचारको क्रममा नेपालगन्ज मेडिकल कलेजमा उनको मृत्यु भएको वडा नं.५ का वडा अध्यक्ष टिकानाथ यादवले जानकरी दिए ।

Nabintech