१० मंसिर २०८१, सोमबार
बाँकेका आठ वटै स्थानीय तहमा शिक्षकको तीन घण्टा धर्ना

चरणबद्ध रुपले शान्तिपुर्ण आन्दोलन जारि रहने


  • टाइम्स संवाददाता

  • २८ श्रावण २०८०, आईतवार १७:१७

बाँके: नेपाल शिक्षक महासंघले बाँकेका आठ वटै स्थानीय तहमा तीन घण्टा धर्ना दिएको छ । महासंघमा आवद्ध सबै घटक संस्थाहरुले बिहान ११ बजेदेखि २ बजे सम्म तीन घण्टा धर्ना दिएका हुन् । धर्ना दिए पनि विद्यालय भने सञ्चालनमा रहेको नेपाल शिक्षक महासंघ बाँकेका अध्यक्ष पवन यादवले जानकारी दिए ।

नरैनापुर गाउँपालिका क्षेत्रमा रहेका शिक्षक संघ, संगठन आवद्ध शिक्षकहरु गाउँपालिका अघि धर्ना दिएर प्रमुख प्रशासकीय अधिकृतलाई आफ्ना माँग सहितको ज्ञापन पत्र बुझाएका हुन् । नेपाल शिक्षक महासंघ नरैनापुरका उपाध्यक्ष अफसर अली मुकेरीको नेतृत्वमा गएका शिक्षकहरु विहान ११ बजे देखि दिउँसो २ बजे सम्म गाउँपालिका अगाडी आफ्ना माँग सहित धर्ना बसेका हुन् ।

काेलपुर नगरपालिकाका नगर प्रमुख पुर्ण प्रसाद आचार्यलाई ज्ञापन पत्र बुझाइएकाे थियाे।साे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठनका राष्ट्रिय उप महासचिव एकदेव पन्थी ,ए नेपाल शिक्षक संगठनका केन्द्रीय सचिव विरेन्द्र मल्ल,महासंघ बाँकेका अध्यक्ष पवन यादव ,नेपाल शिक्षक संघ बाँकेका अध्यक्ष ऋषि शर्मा,नेपाल राष्ट्रिय शिक्षक संगठनका काेहलपुर नगर इन्चार्ज बिनाेद भट्टराई लगाएतकाे उपस्थिति रहेकाे थियाे। नेपाल शिक्षक महासंघ कोहलपुरका अध्यक्ष राम प्रसाद चापागाईको नेतृत्वमा गएका शिक्षकहरु विहान ११ बजे देखि दिउँसो २ बजे सम्म नगरपालिका अगाडी आफ्ना माग सहित धर्ना बसेका थिए ।

विगतमा शिक्षा मन्त्रालय र शिक्षक महासंघबीच भएका ५१ र ३० बुँदे सहमति कार्यान्वयन र नयाँ शिक्षा ऐनमा शिक्षकका माग सम्बोधनका लागि दबाब दिन धर्ना दिइएको महासंघका जिल्ला अध्यक्ष यादवले जानकारी दिए ।

उनका अनुसार महासंघले पहिलो चरणको विरोधका कार्यक्रमअन्तर्गत साउन ३० गते जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइमा सम्बन्धित जिल्लाका शिक्षक कर्मचारीको उपस्थितिमा जिल्ला समन्वय एकाइमा धर्ना दिने कार्यक्रम तय गरेको छ ।

त्यस्तै साउन ३२ गते प्रदेशको सामाजिक विकास मन्त्रालयमा धर्ना, भदौ १ गते संघीय सांसदहरुलाई जानकारी गराउँदै सहयोगका लागि आग्रह गर्ने कार्यक्रम तय गरेको छ । पहिलो चरणका कार्यक्रमबाट मागको सुनुवाइ नभए दोस्रो चरणमा विद्यालय बन्द गरी शिक्षक र कर्मचारीहरुको उपस्थितिमा काठमाडौंमा लगातार विरोध प्रदर्शन गर्ने कार्यक्रम तय भएको उनले बताए ।

विशेष शिक्षा परिषद्को दरबन्दीमा कार्यरत शिक्षकहरुको आफ्ना लागि परीक्षासम्बन्धी विशेष व्यवस्था गरी शिक्षक सेवा आयोगबाट स्थायी गर्ने प्रबन्ध गर्नुपर्ने महासंघको माग छ । त्यस्तै, २०७२ असोज ३ गते पछिका अस्थायी करार शिक्षकको पनि त्यस अघिका अस्थायी शिक्षकलाई जस्तै आन्तरिक खुला परीक्षाको व्यवस्था गरी स्थायी गर्नुपर्ने शिक्षकहरुको माग छ ।

Nabintech