१० मंसिर २०८१, सोमबार
बबई नदीमा डुबेर बेपत्ता भएका तिन जना अझैं भेटिएनन्

यतिखेर बबई नदीको जल सतह घटेर सतर्कतातह भन्दा कम छ


  • टाइम्स संवाददाता

  • २९ श्रावण २०८०, सोमबार १४:१५

गुलरिया: आइतबार बबई नदीमा दाउरा समात्ने क्रममा भेलले बगाएर बेपत्ता भएकाहरू अझैं भेटिएका छैनन् । नेपालतर्फ बर्दिया क्षेत्रमा नभेटिएपछि उनीहरुलाई नदीले बगाएर भारत पुर्‍याएको हुनसक्ने आशंका गरिएको छ ।

बबई नदीले सर्तकता तह पार गरेको अवस्थामा दाउरा छोप्ने क्रममा गुलरिया नगरपालिका निवासी ३ जना पुरुषलाई नदीको भेलले बगाएपछि उनीहरु बेपत्ता भएका थिए। जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हिक्मतबहादुर बोहराका अनुसार गुलरियाको वडा नम्बर २ निवासी २७ वर्षीय महेश चौधरी बैरीयाघाट,वडा नम्बर ८ निवासी २३ वर्षीय अक्षय चौधरी थपुवाघाट र वडा नम्बर १२ का ३० वर्षीय बालकृष्ण थारु भैसाही घाटबाट नदीमा बगेर बेपत्ता भएका हुन् ।

नदीमा बेपत्ता तीनैजना युवकको खोजी कार्य भइरहेको डीएसपी बोहराले जानकारी दिए । सुरक्षाकर्मीले तत्काल मोटरबोटको सहायताले खोजी गर्दा समेत फेला पार्न नसकेको उनको भनाई छ ।

Nabintech