१२ मंसिर २०८१, बुधबार
गतबर्ष १० प्रतिशत मात्र रोपाइँ भएको नरैनापुरमा यसबर्ष ८० प्रतिशत रोपाइँ

नरैनापुरका अधिकाश स्थानिय कृषिमा नै आश्रीत 


  • सरला सुवेदी

  • ३२ श्रावण २०८०, बिहीबार १३:०२

बाँके: गत बर्ष मौसमले साथ नदिएर रोपाइँ गर्न नपाएका नरैनापुर गाउँपालिकालाई यसपाली मौसमले साथ दिएको छ। साउन महिनको १५ लाग्दा सम्म पानी नपरेर खेती लगाउन नपाएका किसान हरु साउनको अन्तिम साता आएको पानीले खेती लगाउन पाउँदा निकै हर्षित छ्न।
नरैनापुर वडा नम्बर २ बेउचहवा गाउँका सुरत मौर्या आफ्नो ३० कट्ठा जग्गामा गतबर्ष १० कठ्ठा पम्पसेट बाट मात्र रोपेको तर अहिले समय भन्दा ढिलै पानी परेपनी रोपाइँभने गरिसकेको बताउनुहुन्छ । मौर्यालाई रोपाइँको सिजनमा पम्सेट चलाउन महँगो डिजेल किन्नुपरेको कारण चिन्ता त छदै छ किसानको लागि सिचाइको व्यवस्था अझै हुन नसकेकोमा उहाँमा निराशा भने पक्कै छाएको छ।

नरैनापुरका अधिकाश स्थानिय कृषिमा नै आश्रीत 

किसानको समस्या त कसैले सुन्दैनन् भनेको बेला मल बिउ पाइँदैन फेरि पानी नपरेकोले महँगो डिजेलले थप समस्या भएको छ ।’ सुरत मौर्या एक प्रतिनिधि पात्र मात्रै हुन् । नरैनापुरका सबै किसानहरूलाई हरेक बर्ष धान खेती गर्न निकै धौधौ परेको हुन्छ।

नरैनापुरमा अहिलेसम्म रोपाई भैइरहेको छ सामान्यतया तराईका जिल्लामा असार महिना भित्र रोपाइँ सकिसक्नु पर्ने हुन्छ। तर सिचाइको प्रयाप्त सुबिधा नहुदा र मौसमले साथ नदिदा पम्पसेट लगाएर आजसम्म रोपाई गर्न बाध्य छन् नरैनापुरका किसान। नरैनापुरका किसानहरू आकाशको पानी हेरेर बस्नुपर्ने बाध्यता छ भने अब रोपिसकेको धान जोगाउन धौ किरा लाग्ने झार उम्रेर रोपेको धान नै मारिदिने समस्या त छदै छ भनेको बेला मल पाइदैन धान त रोपियो अब त्यसलाई जोगाउन धौ पर्ने हुँदा पालिकाबाट केही पहल हुन्छ कि भन्ने आसमा दिनभरी पालिकामा गएर आफ्ना समस्या सुनाउने गरेको बताउनुहुन्छ वडा नम्बर २ बेउचहवाकै निसार अहमद खान उनको पनि ४० कठ्ठा खेतीयोग्य जमिन छ तर गतबर्ष १५ कठ्ठा मात्र रोपाइँ गरेको भएनी यसबर्ष सबै रोपेको बताउनुहुन्छ । डिजेल महँगो, मलखाद महँगो कसरी किसानले खेती गर्ने । यसपालिको धान रोपाइँ गर्न निकै महँगो परिरेहको गुनासो अहमद पोख्नुहुन्छ ।

पानी नपर्दा छेउछाउमा भएका पोखरी तथा नालामा भएको पानी पनि सकिन लागेको छ । मनसुन छिट्टै सुरु हुन लागेकोले धान रोपाइँ पनि छिटो नै गर्ने सोच बनाएका नरैनापुरका किसानहरूको अहिले मनसुन कुरेर बसेका छन् । “सरकारले कहिल्यै किसानका समस्याबारे केही बोल्दैन ।यसपालि रोपाइँमा लागत खर्च बढ्ने भयो, डिजेल पनि बढ्यो मलखाद अभावमा किसानको मिहिनेत धेरै भयो उत्पादन नभएपछि खर्च पनि उठ्दैन नरैनापुर वड नम्बर ३ कालाफाटा गाउँका अर्का किसान राम कुमार शर्माको पीडा पनि उस्तै छ, उहाँ पनि दिनभर पालिकामै गएर अरु किसान जस्तै आफ्ना समस्या सुनाउन बस्नुभएको छ पालिकाले आजसम्म सिचाईको पहल गरेपनी त्यो सम्पन्न र संचालन हुन नसकेको तर अहिले भन्ने बित्तिकै सिचाई ल्याउन नसकिने हुदा पलिकाले हामी किसानहरुको लागि कृषी मिटरको व्यवस्था गरिदियोस भनेर गाउँपालिका धाउने गरेको उहाँले बताउनु भयो ।

उहाँको पनि४० कठ्ठा खेतीयोग्य जमिन छ तर गतबर्ष कत्ती पनि रोपाइँ नगरेको तर यसबर्ष आधा रोपाई गर्न सकेको बताउँनुहुन्छ। समयमा धान रोपाइँ गर्न नसक्दा उत्पादन पनि कम हुने चिन्ता किसानलाई परेको छ । सरकारले कृषिमा अर्बाैको लगानी गरेको भए पनि नरैनापुरका खेतहरुमा अझ पनि पानी पुग्न नसकेको किसानहरू बताउँछन् ।

नरैनापुर गाउँपालिकामा ३हजार ९ सय ६६ हेक्टर जमिन खेतियोग्य रहेकोमा ३ हजार ७सय ८ हेक्टर जमिनमा खेती गरिएको नरैनापुर गाउँपालिकाका कृषि शाखा प्रमुख सदन भण्डारी बताउनुहुन्छ। उहाले गतबर्ष मनसुनले साथ नदिदा १० प्रतिशत मात्र रोपाइँ गरिएकोमा यसपालि नरैनापुरमा मनसुन ढिलो भित्रीए पनि किसानहरुले ८०% मात्र धान रोपाइँ गरेको बताउनु भयो। पालिकाको सहयोगले छ ठाउँमा डिप बोरिङ्ग सन्चालन गरिएको हुँदा अहिले गतसाल भन्दा सहज भएको बताउनु भयो। यस्तै गाउँपालिकाले सिक्टा सिचाई अन्तरगतको नहर अर्को बर्षसम्म संचालनमा ल्याउन सके किसानलाई सहज हुने बताउनु भयो।

यसपालि नै सम्पन्न भैइसक्ने सिचाईको काम स्थानिय केही व्यक्तिका कारण बाधा अवरोध सिर्जना भएको हुँदा तत्काल सन्चालन हुन नसकेको नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले बताउनु भएको छ ।

नरैनापुर गाउँपालिका भनेको कृषि पकट क्षेत्र त्यसमा नि धान उत्पादनको लागि प्रचलित मानिन्छ प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत नरैनापुर गाउँपालिका चार वटा वडालाई पुर्ण रुपमा धान पकट क्षेत्र घोषणा गरिएको गाउँपालिकाका कृषि शाखाका प्राबिधिक सहायक बबिन कुमार खड्काले जानकारी गराउनु भएको छ।

Nabintech