१० मंसिर २०८१, सोमबार
गौ बधको बिरोधमा नेपालगञ्जमा प्रर्दशन

  • टाइम्स संवाददाता

  • २ भाद्र २०८०, शनिबार ०७:५८

नेपालगञ्ज:नेपालगञ्जमा हिन्दू सनातनी युवाहरुले धरानमा गाई काटेर भोज गरी सार्वजनिक रुपमा समाजिक सञ्जालमा पोष्ट गरिएको भिडियो सार्वजनिक गर्दा पनि सरकार मुखदर्शक भई सरकारले कुनै कार्वाही नगरेकोमा आपत्ति प्रकट गर्दै वि.पी चोकमा एक घण्टा चक्काजाम र कोण सभा गरेका छन।

उनीहरुले यदि यस्तो अनैतिक र गैरकानुनी कार्य नरोकिएमा हिन्दू सनातनी युवाहरुले प्रतिकारमा उत्रिने चेतावनी समेत दिएका छन्। उक्त विरोध कार्यक्रममा हिन्दू सनातनी अभियानकर्ता संयोग जंग शाहले पुर्वको धरानका राईहरुले राज्य सत्ताको विरुद्ध विरोध गर्न खोजेको तर गलत तरिकाले प्रस्तुत भएको बताएका छन्।

नेपाल हिन्दु राष्ट्र हो र गाई राष्ट्रिय जनावर पनि हो। हिन्दू वैदिक सनातन धर्म अनुसार गाईलाई माताको दर्जा दिईएको यसलाई पुजिने गरिन्छ। गौ हत्या गर्ने राज्यका अपराधी हुन। पुर्वका राई लिम्बूले किराँत धर्म र मंगोलको पहिचानको कुरा गरे जातिय र धार्मिक गृहयुद्ध चर्काउने षड्यन्त्र गरिरहेका छन्।

उनिहरु नसच्चिएमा अब पश्चिमबाटै वैदिक सनातन धर्मको रक्षाका निम्ति शस्त्र उठाउने चेतावनी दिएका छन । जब जब राष्ट्र र धर्मप्रति आच आउने र प्रहार हुने गर्दछ। हामी पनि खस आर्य संस्कृतिको संरक्षण र धर्मको रक्षाको क्षेत्रिय धर्म पुरा गर्न शस्त्र उठाउन बाध्य हुने उनीहरुको भनाई छ ।

Nabintech