२१ कार्तिक २०८१, बुधबार
संघिय सांसदसंग निजि बिद्यालय सञ्चालकहरुको अन्तर संवाद

आफ्नो तहबाट जिम्मेवारी पुर्वक गहन भुमिका खेल्ने सांसद ढकालको भनाई


  • टाइम्स संवाददाता

  • २ भाद्र २०८०, शनिबार ११:३२

कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा सञ्चालित निजि तथा आवासिय विद्यालयका सञ्चालकहरुले बाँके क्षेत्र न १ का संघीय सांसद माननिय सुर्य प्रसाद ढकालसङ अन्तर सम्बाद कार्यक्रम सम्पन्न गरेका छ्न। आज शनिवार बिहान कोहलपुरमा भएको अन्तर सम्बाद कार्यक्रममा वर्तमान सरकारले ल्याएको शिक्षा बिद्ययकले शिक्षा क्षेत्र तहस नहस हुने भएकाले बिभेदकारी शिक्षा निती संसोधनका लागी आवाज उठाउन निजि क्षेत्रका सञ्चालकहरुले आग्रह गरेका छन । कार्यक्रममा निजि तथा आवासिय बिद्यालयका सञ्चालकहरुले संघिय सांसद सुर्य प्रसाद ढकाललाई ध्यानाकर्षण पत्र समेत बुझाएका छन ।

ध्यानाकर्षण पत्र बुझ्दै  माननीय सुर्य प्रसाद ढकालले आफुले आफ्नो तहबाट जिम्मेवारी पुर्वक गहन भुमिका खेल्ने बताएका छन। उनले निजि क्षेत्रको लगानिमा सञ्चालित निजि बिद्यालयहरुले शिक्षाको क्षेत्रमा उल्लेख्य भुमिका खेलेको कुरालाई सरकारले नजर अन्दाज गर्न नमिल्ने भन्दै सवैको आवाजलाई प्रतिनिधित्व गर्ने गरि बिधयक ल्याउनुपर्ने जोड दिए ।

हिज मात्र गृह जिल्ला बाँके आएका संघिय सांसद ढकालले कोहलपुरमा उपलब्ध निजि तथा संस्थागत बिद्यालयहरुका सञ्चालकहरुसंग अन्तर संवाद गरेका हुन । कार्यक्रममा ब्याब्सन बाँके अध्यक्ष यम रावत एन प्याब्सनका अध्यक्ष श्याम कुवर लगायत बिधालयका संचालकहरुको सहभागितामा अन्तर संवाद कार्यक्रम सम्पन्न भएको हो ।

Nabintech