९ मंसिर २०८१, आईतवार
उद्योग बाणिज्य संघ निर्वाचन : अध्यक्ष उपाध्यक्ष सहित बहुमत समाबेशिका उम्मेदवार विजय

  • टाइम्स संवाददाता

  • ४ भाद्र २०८०, सोमबार ०५:५६

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा समावेशी प्यानलबाट टंकबहादुर धामी निर्वाचित भएका छन् ।
आइतबार राति सम्पन्न मतगणनामा प्रतिद्वन्द्वी साझा प्रजातान्त्रिकका ललितकुमार रौनियारलाई आठ सय ९० मतको अन्तरले पराजित गरेका हुन् । धामीले दुई हजार ४५६ मत र रौनियारले एक हजार ५६६ मत प्राप्त गरेका छन् । चार हजार ९२२ मतदाता रहेकोमा चार हजार १३२ मत मात्र खसेको थियो । ११० मत बदर भएको थियो ।

यसैगरि उपाध्यक्षमा समाबेशिका तीन जना नै विजयी भएका छन । उपाध्यक्ष बाणिज्य तर्फ हरिलाल न्यौपाने १७७६ मतका साथ बिजयी भएका छन भने उनका निकटतम प्रतिद्धन्दी बिष्णु श्रेस्ठले १४६७ मात्र मत प्राप्त गरेका छन ।

उपाध्यक्ष महिला तर्फ समाबेशिकै मन्दिर पांडेय १८७७ मतका साथ बिजयी हुँदा करिश्मा योगी १४९४ मत प्राप्त गरिन । यसैगरि उपाध्यक्ष उद्योग तर्फ चिरंजीबी ओली २१०५ मतका साथ सानदार जित हाशिल गरेका छन । उनका प्रतिद्धन्दी सफीक बेहनाले १२३३र दीपेन्द्र जोशीले ३१६ मत प्राप्त गरे ।

पछिल्लो सार्वजनिक मत परिणाम अनुसार, सदस्यतर्फ समावेशी प्यानलका सात र साझा प्रजातान्त्रिक समुहका तीन जना विजयी भएका छन् । १० जना सदस्यका लागि भएको प्रतिस्पर्धामा विष्णु श्रेष्ठ, डम्बरबहादुर चन्द, इन्दिराकुमारी शाही, शिवप्रसाद दाहाल, तोपबहादुर थापा, सुदन केसी, टिकामणी उपाध्याय, बुद्धिबहादुर विके, युवराज ढकाल र सन्तोषकुमार पौडेल विजयी भएका छन् ।

विजयी शिवप्रसाद दाहाल, युवराज ढकाल र सन्तोषकुमार पौडेल नेपाली कांग्रेस–एकिकृत समाजवादी गठबन्धन साझा प्रजातान्त्रिक समुहका उम्मेदवार हुन् । विष्णु श्रेष्ठ, डम्वरबहादुर चन्द, इन्दिराकुमारी शाही, तोपबहादुर थापा, सुदन केसी, टिकामणी उपाध्याय, बुद्धिबहादुर विके एमाले–माओवादी–राप्रपा गठबन्धनको समावेशी प्यानलका उम्मेदवार हुन् ।

सदस्यहरु तर्फको प्रतिस्पर्धामा विष्णु श्रेष्ठले सर्वाधिक एक हजार नौ सय ८० मत प्राप्त गरेका छन् । एक हजार आठ सय ८८ मत सहित डम्बरबहादुर चन्द दोस्रो, एक हजार आठ सय २० मतसहित इन्दिराकुमारी शाही तेस्रो, शिवप्रसाद एक हजार आठ सय ५ मत सहित चौथो, एक हजार सात सय २२ मतसहित तोमबहादुर पाँचौं स्थानमा छन् ।

यसैगरी एक हजार सात सय १ मतसहित सुदन केसी छैठौं, एक हजार छ सय ३ मतसहित टिकामणी सातौं, एक हजार पाँच सय ९६ मत प्राप्त गरि बुद्धिबहादुर आठौं, एक हजार पाँच सय ६५ मतका साथ युवराज ढकाल नवौं र दसौँमा रहेका सन्तोषकुमार पौडेलले एक हजार पाँच सय ३१ मत प्राप्त गरेका छन् ।

Nabintech