९ मंसिर २०८१, आईतवार
कोहलपुर नगरपालिकालाई क्रान्तिकारी कम्युनिस्ट पार्टिको चेतावनी

संघर्ष समिति बन्दै छ, पहिला समिति बन्छ त्यसपछि समितिले संघर्षका कार्यक्रम घोषण गर्नेछ


  • टाइम्स संवाददाता

  • ६ भाद्र २०८०, बुधबार १०:५६

कोहलपुर,बाँके:कोहलपुर नगरपालिका वडा नं. ११ मा रहेको क्रिकेट मैदान वरपर वसोवास गर्ने भुमिहिन, सुकुम्वासिहरुको आबश्यक पहिचान नगरि नगरपालिकाले खालि गराउने भन्दै सर्वदलिय, सर्वपक्षिय बैठकको नाममा सात दिने सुचना निकाल्दै बल गरेर उक्त स्थानका घर टहरा हटाउन खोजेको भन्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले कोहलपुर नगरपालिकालाई चेतावनि दिएको छ । बिशाल खाँद्धारा हस्ताक्षरित एक बिज्ञप्ति निकाल्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बाँकेले उचित ब्यबस्थापन नगरि उठिवास लगाउन लागेको भन्दै उचित ब्यबस्थापन नगरि चालिने कदमहरु आफुहरुलाई सह्यै नहुने बताएको हो ।

राष्ट्र, राष्ट्रियता, राष्ट्रियस्वाधीनता ,जनतन्त्र र जनजिविकाको सावलहरुको पक्षमा रहि दलाल संसदीय राज्य व्यवस्थाको उपहार भ्रष्टाचार, दलालिकरण, माफियाकरण, महंगी, राष्ट्रघात, कालोबजारि, बलात्कारको बिरुद्धमा निरन्तर संघर्षरत शंघर्षमा रहेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले दलाल संसदीय व्यवस्थाको अन्त्य नयाँ जनवाद हुदै बैज्ञानिक समाजवादी राज्य व्यवस्था स्थापनाका निमित्त जनतामाझ रहेको कुरा अवगत नै छ भन्दै पार्टीले गरिब, अव्यवस्थित बशोवास, सुकुम्बासी, भुमिहिन हरुको बैकल्पिक व्यवस्थाको लागि विभिन्न माग गर्दै संघर्ष गरिरहेका छौ भन्ने उल्लेख गरेको छ ।

बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नं ११ मा रहेको शान्ति नगर बस्तीमा विभिन्न ठाउहरु बाट लामो समय देखि भुमिहिन, गरिब तथा निमुखा बर्गका विभिन्न नागरिकहरुको बसोबास रहेको अवस्थामा बस्तिलाइ उचित व्यवस्थापन नगरि विस्थापित गर्ने तयारीका साथ स्थानीय सरकार र केही कथित राजनैतिक दलबसी वस्तिलाई जवरजस्ति उठाउने निर्णय गरेकाले यस निर्णयको हाम्रो पार्टी घोर भर्त्सना गर्दछ क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भनेको छ ।

यस नगरपालिकाभित्र रहेका सुकुम्बासी ,भुमिहिन र अव्यवस्थित बसोवास गरि रहेका नागरिकलाई बैकल्पिक व्यवस्थापन गरि बस्तिलालाई व्यवस्थित गर्न माग गर्दैछौ,साथै केही राजनैनिक दल नामक भ्रष्टहरुको दबाबमा परेर उक्त बस्तीको नागरिक लाई दुःख सास्ती दिने काम नगर्न अनुरोध गर्दछौ। अन्यथा जनताको बिचमा रहेर अनवरत रुपमा संघर्ष गर्ने चेतावनी दिन चाहन्छौं क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले बिज्ञप्ति जारी गर्दै अगाडि भनेको छ ।

यसैविच क्रान्तिकारी कम्युनिस्ट पार्टी बाँकेका संयोजक बिशाल खाँले कोहलपुर टाईम्ससंग कुराकानि गर्दै यथाशिघ्र संघर्ष समिती गठन गरि भुमिहिन सुकुम्वासिहरुको पक्षमा शंघर्ष गर्ने बताएका छन । उनले संघर्ष समिति बन्दै छ, पहिला समिति बन्छ त्यसपछि समितिले संघर्षका कार्यक्रम घोषण गर्नेछ भन्दै न्यायोचित ब्यबस्था नहुन्जेल सम्म क्रिकेट मैदान वरपर बसेकाहरुलाई हटाउन खोजे जुनसुकै परिणाम आउन सक्ने र त्यस्तो परिणामको जिम्मा नगर प्रमुख र नगरपालिकाले लिनुपर्ने बताएका छन ।

Nabintech