१० मंसिर २०८१, सोमबार
हाईस्कुलमा उदाहरणीय काम गर्दै ट्राफिक प्रहरी, छैनन ट्राफिक सचेतनाका सामाग्रि

अधिकांश सार्वजनिक सवारी साधन र अटो रिक्साहरु जेब्रा क्रसमै रोक्किने परिपाटिको अन्त्य गर्न पनि सचेतनाका बोर्डहरु आबश्यक


  • बिकल भट्टराई

  • ७ भाद्र २०८०, बिहीबार ०९:११

कोहलपुर,बाँके: बाँकेको कोहलपुर नगरपालिका वडा नं. १० मा रहेको हाईस्कुल बिटमा रहेका ट्राफिक प्रहरीहरुले ट्राफिक सचेतना प्रदान गर्नुका साथै त्रिभुवन माध्यामिक बिद्यालयमा अध्यन गर्ने बिद्यार्थीहरुलाई हरेक दिन जसो ट्राफिक सचेतना फैलाउनमा ब्यस्त रहेको देख्न सकिन्छ ।

यस अघि जथाभावि बाटो काट्ने बिद्यार्थी हुन या वटुवा आजभोलि लेन अनुशासन पालन गर्दै जेब्रा क्रसिङबाट बाटो काट्न शुरु गरेका छन । ट्राफिक सचेतनालाई तिब्र बनाएका प्रहरी सहायक निरीक्षक मदन सिंह मातरले बाटोमा मात्र हैन बिद्यालयका कक्षा देखि बिद्यालयका गाडिहरुभित्र गएर पनि ट्राफिक सचेता फैलाउदै आएका छन ।

अत्याधिक मात्रामा दुर्घटना हुने यस क्षेत्रमा प्रहरी सहायक निरीक्षक मदन सिंह मातर आएदेखि दुर्घटना न्युनिकरण भएको बताउछन कोहलपुर १० का स्वास्थ्यकर्मि धु्रर्बराज बुढाक्षेत्रि । उनका अनुसार सडक अनुशासन र दुर्घटना न्युनिकरणबारे छोटो समयमा सुसोचित गराउदै आएका ट्राफिक प्रहरीहरुलाई ट्राफिक सचेतनाका लागि भने सामाग्रिहरु अभाव भएको बताउछन ।

जथाभावि सवारी साधन रोक्ने परिपाटि रहेको सन्दर्भमा सचेतनाका केहि महत्वपुर्ण बोर्डहरु हुने हो भने जथाभावि रोक्ने परम्परा पनि तोडिने विश्वास गर्दै प्रहरी सहायक निरीक्षक मदन सिंह मातरले स्थानिय सरकारले केहि सचेतनाका सामाग्रिहरु उपलब्ध गराए आफुले सडक दुर्घटनालाई थप प्रभावकारी रुपमा न्युनिकरण गर्न सक्ने विश्वास ब्यक्त गर्छन ।

पानी परिरहेका कारण जेब्रा क्रसमा रगं लगाउन नसकिएको भन्दै मातरले निश्चित ठाउमा सार्वजनिक सवारी साधन रोक्ने यात्रु ओराल्ने र चढाउने गरि संकेत सहितको बोर्डको आबश्यकता रहेको जनाएका छन । अधिकांश सार्वजनिक सवारी साधन र अटो रिक्साहरु जेब्रा क्रसमै रोक्कने गरेका भन्दै मातरले निश्चित बोर्ड निर्माण भए सोहि बमोजिम सचेतना फैलाउने र अटेर गर्नेहरुलाई कारवाहिको दायरामा ल्याउन समेत सहज हुने बताउछन ।

उनले स्थानिय सरकारसंगको सहकार्यमा सडकमा रहेको रेलिङ ब्यबस्थापन समेत गरिने बताएका छन । वडा नं. १० मा रहेको वडा कार्यालयमा समेत ट्राफिक ब्यबस्थापन सम्बन्धित सामाग्रीका लागि निवेदन गरेको बताउदै ट्राफिक सचेतनाका लागि स्थानिय जनता, स्थानिय सरकार र प्रहरीको सहकार्यमा मात्र संभव हुने भएकाले सवैलाई सहकार्यका लागि हातेमालो गर्न आव्हान समेत गरेका छन ।

Nabintech