काेहलपुर: कोहलपुर नगरविकास समितीले कोहलपुर ११ क्रिकेट मैदान वरपर खालि गर्ने बारेको ७ दिने सुचना निकालेको तेस्रो दिन आज नेकपा माओवादी निकट अखिल नेपाल सुकुम्बासी संघ केन्द्रीय समितिले कोहलपुर क्रिकेट मैदानसँगैकाे शान्तिनगर बस्ती उठाउने कोहलपुर नगरपालिकाको निर्णयकाे बिरोध गरेको छ ।
अखिल नेपाल सुकुम्वासी संघका केन्द्रीय अध्यक्ष अमर परियारले शुक्रवार एक बिज्ञप्ती जारी गर्दै बस्ति उठाउने निर्णयको बिरोध गरेका हुन । उनले आफ्नो फेसबुकवालबाट विज्ञप्ती सार्वजनिक गर्देै भनेका छन, ‘वर्षाैं देखि बसोबास गरी आएका भुमिहिन दलित सुकुम्वासीको ब्यवस्थापन बिना उठिबास गर्न खोज्नु स्थानिय सरकारको निरङ्कुशता हाे ।’
देशमा राष्ट्रिय भुमी आयोगले भुमीहिन दलित सुकुम्बासीको पहिचान गरि उनीहरुलाई जग्गा उपलव्ध गराउने प्रक्रिया चलिरहेको बेला बस्ती उठाउन खोज्नु निरङ्कुशता भएको बिज्ञप्तीमा उल्लेख गरीएकाे छ । ‘जनताको जमिन माथिको हकको नैसर्गिक अधिकार हनन् गर्ने अधिकार नत संघिय सरकारलाई छ, नत प्रदेश र स्थानिय सरकारलाई छ’ विज्ञप्तिमा अगाडि लेखिएको छ, ‘हालै कोहलपुर नगरपालीका वडा नं. ११ शान्तिनगरमा वर्षौं बर्षदेखि बससोवास गर्दै आईरहेका भुमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीहरुलाई कोहलपुर नगरपालिकाले केहि भु-माफिया, सामन्त र दलालहरुको मिलेमतोमा र शक्ति र सत्ताको दुरुपयोग गर्दै, नेपालको संविधान, कानुन, भुमि सम्वन्धि ऐन आठौं संशोधन र गठन आदेश एवं बिध्यमान राष्ट्रिय भुमि आयोगले देशैभरि भुमिहीन दलित, भुमिहीन सुकुमबासी र अव्यवस्थितलाई लगत संकलन, प्रमाणीकरण, निस्सा वितरणका साथै लालपुर्जा वितरणको प्रक्रिया तिव्ररुपमा गरिरहेको बेला पटक पटक गैरकानुनी ढंगले विना विकल्प जवरजस्ती उठिबास गर्ने नियतले विना जानकारी सार्वजनिक सुचना जारी गर्ने कार्य प्रति हाम्रो संघको गम्भिर ध्यानाकर्षण भएको छ ।’
‘नेपाली नागरिकको नैसर्किक अधिकार र जमिनको स्वामित्वको मौलिक हकको हनन् हुनेगरि जवरजस्ति उठिवास गर्ने निर्णय प्रति र यस्तो सामन्ति निरङ्कुश र गरीबमारा कार्यको हाम्रो संघ घोर भ्रत्सना गर्दछ’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
राष्ट्रिय भुमि आयोगसँग गरिएको सम्झौतालाई निसर्त पालना गर्दै भुमिहीन दलित, भुमिहीन सुकुमबासी र अव्यवस्थित हरुको लगत लिने र प्रमाणित गर्ने, जोखिमयुक्त ठाउँमा बसेकालाई लालपुर्जा सहित सोही नगरपालिका भित्र स्थानान्तरण र जोखिममुक्त ठाउँमा बसेकालाई सोही ठाउँमा लालपुर्जा बितरण गर्नेगरी प्रक्रिया तत्काल बढाउन विज्ञप्तिमार्फत माग गरीएकाे छ ।
नेपाली नगारिकको शान्तिपुर्ण बाँच्नपाउने अधिकारलाई कुल्चिदै, जवरजस्ति उठिबासको सुचना निकालेर त्रसित र राज्य आतंक फैलाउने कार्य तुरुन्त बन्द गर्न समेत संघले चेतावनी दिएकाे छ । कोहलपुर नगरपालिकाले केहिदिन अघि सर्वदलिय बैठक बोलाई कोहलपुर ११ स्थित शाान्तिनगरकाे बस्ती हटाउने निर्णय गरेको छ । सोहि निर्णय अनुसार ७ दिने सुचना समेत जारी गरीएको छ । सुचना निकालेको तेस्रो दिन सम्म पनि त्यस क्षेत्रमा बस्ने कसैले पनि आफुखुशि घर टहराहरु हटाएका छैनन ।