१० मंसिर २०८१, सोमबार
सर्पको टोकाइबाट भेरी अस्पतालमा उपचार गराइरहेकी ३० बर्षिय गर्भवती महिलाको मृत्यु

  • टाइम्स संवाददाता

  • ११ भाद्र २०८०, सोमबार ०९:११

बाँके: विषालु सर्पको टोकाइबाट बाँकेमा एक विद्यालय सहयोगीको मृत्यु भएको छ । जानकी गाउँपालिका वडा नम्बर ५ स्थित श्री लोकतान्त्रिक प्राथमिक विद्यालय रामगाउँकि विद्यालय सहयोगी ३० वर्षीया सरिता चमारको उपचारको क्रममा मृत्यु भएको हो ।

भदौं ५ गते मंगलबार राती ओछ्यानमा सुतिरहेको अवस्थामा चमारलाई नाम नखुल्ने विषालु सर्पले टोकेको थियो ।  बिहान सम्म सुतिरहेको गम्भीर अवस्थामा चमारलाई देखेपछि उपचारका लागि भेरी अस्पताल नेपालगन्ज पुर्‍याइएको थियो ।

उपचारका क्रममा पाँच दिनपछि आइतबार बेलुका करीब ८ बजेतिर उहाँको मृत्यु भएको भेरी अस्पतालका चिकित्सक कृष्ण प्रसाद आचार्यले जानकारी दिनुभएको छ।
उहाँलाई राती घरमा सुतिरहेको अवस्थामा सर्पले खुट्टामा टोकेको थियो । मृतक चमार २२ हप्ताकी गर्भवती हुनुहुन्थ्यो  ।अस्पताल ल्याउन ढिलाइ भैइसकेको थियो बीष शरिरभरी फैलिसकेको हुँदा लाखौ प्रयास गर्दा नि बचाउन नसकेको डा. आचार्यको भनाई रहेको छ।

Nabintech